विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १४ असार । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड ७३ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५ लाखभन्दा बढीको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५४ लाख ५१ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

भारत सरकारले कोरोना संक्रमितको उपचारका लागि नयाँ निर्देशिका जारी गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण संक्रमित भएका बिरामीलाई मेथाइल प्रिडनिसोलोनको विकल्पको रुपमा डेक्सामेथासोन प्रयोग गर्न अनुमति दिएको हो । नयाँ निर्देशिका अनुसार यो औषधि मध्यम र गम्भीर रूपले बिरामी भएकाहरुलाई दिइने छ ।

अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ । फ्लोरिडा, एरिजोना लगायतका राज्यमा कोरोना संक्रमितको संख्या वृद्धि आएको भन्दै ती राज्यमा बन्दाबन्दीलाई फेरि बढाईने र कडाई गरिने भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts