गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुग्यो



Download our app to get more features
Spark_health_home

पाेखरा, २१ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९६ पुगेको छ । थप भएका नयाँ पाँच संक्रमित गण्डकी प्रदेशका चार जिल्लाका रहेका छन् ।

जसअन्तर्गत कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना, लमजुङ जिल्ला, राइनास नगरपालिकका १ जना, गोरखा जिल्ला, गोरखा नगरपालिकाका १ जना, बाग्लुङ, ढोरपाटन नगरपालिकका १ जना (मृतक) रहेका छन् ।

कास्की जिल्लाका २२ र ३१ वार्षिय दुवै महिला रहेका छन् । बाँकी तीन जिल्लाका ४८, ५३ र २९ वर्षिय संक्रमित तीन जानै पुरुष छन् । 

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता ले विनोद विन्दु शर्माले बताएका छन्।  

उनकाअनुसार मृत्यु भएका बाग्लुङ जिल्लाका २९ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ।
 

Hamro Doctor
Last modified on 2020-07-06 08:14:38

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts