सरकारी चिकित्सक संघको चौथो अधिवेशनबाट अध्यक्षमा डा रविन खड्का विजयी



Download our app to get more features

काठमाडौं, २४ साउन । सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा रविन खड्का निर्वाचित भएका छन् ।

शनिवार भएको संघको चौथो महाधिवेशनबाट डा खड्काले सर्वाधिक मत प्राप्त गरि अध्यक्ष पदमा विजयी हासिल गरेका हुन् ।

नेपालको इतिहासमै पहिलो पटक पूर्ण अनलाईन भोटिङ्गबाट भएको चुनावमा ९४ प्रतिशत अर्थात् ७ सय २३ मत खसेको थियो । जसमा डा खड्काले ४ सय ८० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी डा समाज गौतमले २ सय ३७ मत प्राप्त गरेका छन् । 

अध्यक्ष पदमा निर्वाचित भएपछि डा खड्काले सबैलाई धन्यवाद दिएका छन् । उनले आफूसँगै निर्वाचित अन्य पदाधिकारीलाई पनि धन्वाद दिएका छन् ।

Last modified on 2020-08-08 19:19:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts