धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि



Download our app to get more features

धनगढी,२५ साउन ।  धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि भएको छ। माया मेट्रो अस्प्तालमा उपचाररत बैतडीको पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको साउन २३ गते स्वाब संकलन गरिएकोमा आइतबार कोरोना पुष्टि भएको हो। शनिवार राति माया मेट्रो अस्पताल धनगढीमा पुगाइएकी ति महिलालाई अहिले सेती प्रादेशिक अस्पताल पठाइएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउदले बताए। स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पु¥याइएको र उनमा कोरोना समेत पुष्टि भएको जानकारी आएको उनले बताए।

उनले महिलाको उचारमा संलग्न स्वास्थ्यकर्मीलाई आईसोलेसनमा राखिएको बताए। संक्रमित महिलाका श्रीमानसहित उनको परिवारका सदस्यको स्वाब संकलन गरिने स्वास्थ्य शाखा बैतडीले जनाएको छ।

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उनलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको जानकारी दिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts