काठमाडौ‌ं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिए

जम्मा संक्रमितको संख्या २४१६० पुग्यो



Download our app to get more features

काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नौ सय दुई जना कोरोना संक्रमित थपिएका छन्।

 काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ।

काठमाडौंमा १९ हजार ५ सय ७६, ललितपुरमा २ हजार ३ सय ५७ र भक्तपुरमा  १ हजार १ सय २७ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ। २४ घण्टा १ हजार ५७  जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ५६ हजार ४ सय २८ जना पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts