कुनैपनि खोप ९५ प्रतिशत सफल हुनुको अर्थ के हो ?



Download our app to get more features

एजेन्सी, १० मंसिर । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ६ करोड नाघिसकेको छ । यो अवस्थामा हालसम्म कोरोना विरुद्धको कुनैपनि ठोस औषधि वा खोप बनिसकेको छैन । तर, विभिन्न मुलुकले कोरोना विरुद्धको खोप विकास गरेको र सफल भएको दावी समेत गरिरहेको छ । 

यस अवस्थामा कोरोना विरुद्धको खोपको रेसमा अग्रस्थानमा रहेका उद्योगहरुले आशा गरिएकोभन्दा निकै राम्रो काम गरेका छन् । फाइजर र बायोटेकले यसै साता आफ्नो खोपको ९५ प्रतिशत प्रभावशाली भएको दावी समेत गरेको छ । त्यस्तै रूसको स्पुतनिक र अमेरिकाको मोडर्नाको एफिकेसी रेट ९० देखि ९५ प्रतिशतसम्म सफल भएको बताइएको छ ।
 
मायो क्लिनिकलको खोपको विकास गर्ने डा. ग्रेगरी पल्याण्डले यसलाई ठूलो परिवर्तनकर्ता मानेको भन्दै ५० देखि ७० प्रतिशत सफलताको आशा गरिएको बताए । यस्तै अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले खोपलाई इमरजेन्सी अप्रुभल दिएको कुरालाई स्विकार गर्दै एफिकेसी रेट (प्रभावी दर) कमभन्दा कम ५० प्रतिशत रहेको बताए ।

हालै खोपको सम्बन्धमा भनिएको थियो की, एक सयमा ९५ जना मानिसलाई जोगाउने दावी गरिएको थियो । तर, यस प्रकारको दावी वास्तविकता भन्दा टाढा रहेको छ । पुरै संसारभर खोपले कसरी काम गर्छ ? यो विभिन्न पक्षमा निर्भर गर्छ र हामीसँग यसको कुनैपनि उत्तर छैन । जस्तै के खोप लगाइएको मानिसमा एसिम्पटोम्याटिक इन्फेक्शन हुन सक्छ वा कति मानिसलाई खोप लगाउने हो ?
 
झन्डै एक सय साल पहिले वैज्ञानिकहरुले खोप परीक्षणको नियम बनाएका थिए । यस प्रक्रियाको माध्यमबाट परीक्षणमा केहि स्वयंसेवीलाई वास्तविक रुपमा खोप दिइन्छ, जबकि केहि प्लेसिबो यानी आर्टिफिशियल खोप दिने गरिन्छ । त्यसपछि अध्ययनकर्ताहरुले कुन समूहमा कति मानिस बिरामी भए भनेर हेरिन्छ ।

फाइजरले ४८ हजार ६ सय ६१ मानिसमा खोपको परीक्षणमा सहभागि गरिएको थियो । जसमा एक सय ७० मानिसमा कोरोनाको लक्षण देखिएको थियो । एक सय ७० स्वयंसेवीमा मात्र ८ जनालाई असली खोप दिइएको थियो । जबकि एक सय ६२ जना प्लेसिबो –बिरामीलाई नबताइकन दिइने आर्टिफिशियल खोप) दिइएको थियो । फाइजरका अध्ययनकर्ताले दुबै ग्रुपको मानिसलाई हटाएको थियो जो बिरामी भएका थिए ।
 
यस्तो अवस्थामा ९५ प्रतिशत एफिकेसी रेटको अर्थ यही हो की खोपको काम गरिरहेको छ । उसो त असलमा यो दर कहिले पनि यो निश्चित गर्दैन की खोप लागिसकेपछि बिरामी पर्ने सम्भावना कति हुन्छ ।

जन हपकिन्स ब्लूमबर्ड स्कूल अफ पब्लिक हेल्थको इपिडिमियोलोजिस्ट नोआर बार जीव भन्छन्, ‘प्रभावकारिता (एफिकेसी) र प्रभावशीलता (इफेक्टिभनेस) एक अर्कासँग जोडिएका हुन्छन् । तर, यो पूर्ण रुपले अलग विषय हो । एफिकेसी एक मात्रा हो, जो क्लिनिकल ट्रायलको क्रममा बनाइने गरिन्छ । जबकि इफेक्टिभनेसको अर्थ पूरै संसारमा खोपले कसरी काम गरिरहेको छ ।

Last modified on 2020-11-25 11:31:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts