नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, ११ मंसिर । नेपालमा थप १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९१ पिसिआर परीक्षण गर्दा थप १ हजार ६ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

नेपालमा हाल कोरोना संक्रमितको सक्रिय संख्या १६ हजार ७ सय ९३ रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts