विश्व क्यान्सर दिवस

समयमै पहिचान भएपनि निको नहुने 'माइलोमा क्यान्सर' बारे जानौं



Download our app to get more features
Spark_health_home

माइलोमा क्यान्सर एक यस्तो क्यान्सर हो जुन कहिल्यै निको हुँदैन । मल्टिपल माइलोमा नामले परिचित यो क्यान्सर ब्लड क्यान्सर मध्येको एक खतरनाक क्यान्सर हो । रगतमासीमा लाग्ने यो क्यान्सर रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिदै जान्छ । प्लाज्मामा गडबडी भएर लाग्ने माइलोमाका कारणले रगत कोषिकाहरू नष्ट हुँदै जान्छन् ।

रगतमा हुने यो क्यान्सरका कारण बोन म्यारोलाई प्रभावित पार्नुका साथै रगतमा भएको प्लेटलेट्सलाई कम गर्न थाल्छ । साथै यसले शरीरमा नचाहिने बिकारयुक्त प्रोटिन पनि निर्माण गर्छ । जसले गर्दा शरीरका विभिन्न भागमा इन्फेक्शन हुन थाल्छ । रगतमा विकारयुक्त तत्वका कारण मिर्गौला खराब हुन सक्ने, रक्तअल्पत्ता हुने समस्या पनि हुने गर्छ । 

वरिष्ठ अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठका अनुसार मल्टिपल माइलोमा रगतमासीमा हुने एक यस्तो क्यान्सर हो जसको उपचार समय मै भयो भने पनि लामो समयसम्म बाच्न मात्रै सकिन्छ । तर, यो क्यान्सर पूर्ण निको हुँदैन ।

माइलोमा क्यान्सर जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने । तर विशेषगरी ४० देखि ५० वर्ष उमेर पुगिसकेकालाई बढी लाग्ने उनी बताउँछन् ।

उनले माइलोमाका कारण शरीरका विभिन्न भाग प्रभावित हुने हुँदा समयमै रोग पत्ता लगाउन कठिन हुने बताए । उनले भने, ‘रगतमा हुने माइलोमा क्यान्सरका कारण सबैभन्दा बढी प्रभावित शरीरको हड्डीमा हुने हुँदा यसले हड्डी फ्याक्चर गराउँदा मानिसको ज्यानै समेत जान सक्छ ।’

लक्षण
—हड्डीहरु दुख्ने
—शरीर कमजोरी हुने
—मिर्गौला बिग्रने 
—रक्तअल्पता हुने 

Hamro Doctor
Last modified on 2021-02-04 09:06:58

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts