मिस युनिभर्स शर्माले कान्तिपुर डेन्टल एण्ड जेनरल हस्पिटलमा पुगेर गराइन् डेन्टल चेकअप
काठमाडौं, ३० माघ । मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटल पुगेर डेन्टल चेक अप गराएकी छन् ।
कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलको सेवा आफूलाई सन्तोषजनक लाग्ने भएकाले नियमित मुख स्वास्थ्यको परीक्षणका लागि आएको शर्माले बताइत् ।
शर्मासँगै थर्ड रनर अप डा. दिक्ता थापा र फोर्थ रनर अप न्यान्सी खड्काले पनि हस्पिटल पुगेर आफ्ना मुख स्वास्थ्यको जाँच गराएका छन् ।
मिस युनिभर्स नेपाल शर्माले कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्दै आएका मुख स्वास्थ्य सम्बन्धी सेवाहरु निकै नै राम्रो र सन्तोषजनक रहेकाले ढुक्क भएर उपचारका लागि कान्तिपुर डेन्टल हस्पिटल आउन पनि सबैलाई आग्रह गरिन् ।
हस्पिटल पुगेका मिस युनिभर्स र रनर अपहरुको स्वागत हस्पिटलका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले गरेका थिए भने अस्पतालको सेवाबारे पनि उनले जानकारी गराएका थिए ।
कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले डेन्टल क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सेवा प्रदान गर्दै आएको छ । अन्य क्षेत्रमा झै डेन्टल क्षेत्रमा पनि प्रविधिले फड्को मारेकोले हस्पिटलले म्याक्जिलो फेसियल सर्जरी, डिजिटल डेन्टिस्ट्रि र सीबीसीटी सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts



































