ओम समाज डेन्टलको निःशुल्क दन्त्य शिविर, १ सय २ जना लाभान्वित



Download our app to get more features
Spark_health_home

काठमाडौं, २५ माघ । ओम समाज डेन्टल हस्पिटलले पनौती नगरपालिमा निःशुल्क शन्त शिविर सम्पन्न गरेको छ ।

सबैका लागि दन्त्य उपचार सजिलो, सहज होस् भन्ने उदेश्यले “जको दाँत सबल उसको जीवन सफल” नाराका साथ ओम हस्पिटलले पनौती नगरपालिका कुशादेवीमा निःशुल्क  दन्त शिविर सम्पन्न गरेको हो ।

पनौती नगरपालिका वडा नं. २ तथा ३ रहेको कार्यालय भवनमा सञ्चालित निःशुल्क दन्त्य शिविरमा पनौती नगरपालिका मेयर भिम न्यौपाने, वडा अधक्ष्यहरु किसोर थापा, पुरसोत्तम अधिकारी, ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य वरिष्ठ दन्त्य चिकित्सक डा.सुवास घिमिरे, घिमिरे समाजका अधक्ष्य सम्पत् घिमिरे तथा घामिर बचत तथा ऋण सहकारीका अधक्ष्य ऋषिराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका मेयर भिम न्यौपानेले आफ्नो गाउँ ठाउँमा दाँत मुखको शिविर सञ्चालन गरेर सेवा दिएकोमा खुलेर प्रसंसा गर्नुभयो भने कार्यक्रममा डा.सुवास घिमिरेले “जसको दाँत सबल उसको जीवन सफल” भन्ने नाराका उदेश्य र लक्ष्यका बारेमा आफ्नो धारणा राखे ।

शिविरमा वडा बासिहरुलाई गुणस्तरिय दाँत मुखको निस्सुल्क सेवा प्रदान गरेको भन्दै वडा अधक्ष्यहरु किसोर थापा, पुरसोत्तम अधिकारिले ओम समाज डेन्टल हस्पिटल प्रति आभार प्रकट व्यक्त गरे ।

हस्पिटलले सञ्चालन गरेको शिविरमा एक सय दुई जना बिरामीहरुको दन्त्य रोग विशेषज्ञ डक्टरहरुको टिमबाट दाँत, मुख र गींजाको उपचार गरिएको थियो भने सबै बिरामी सहभागीहरुलाई निःशुल्क ब्रस, मन्जन तथा आवस्यकता अनुसार औषधि पनि निः शुल्क  वितरण गरिएको र शिविरमा दन्त्य रोगका केही रिामीहरुलाई आवश्यकता अनुसार थप उपचारको लागि सल्लाह सुझाव पनि दिएको थियो ।

उक्त शिविरमा ओम समाज हस्पिटलका दन्त्य चिकित्सक डा.हर्दिप कौर, डा.बिन्दु थापा आचार्य, हाइजिनिस्ट गायत्रा निरौला तथा सहाएक सावित्रा निरौला लगायत अन्य चिकित्सक टिमले शिविरको व्यवस्थापन गरेको थियो ।

हस्पिटलले शिविरमा पनि सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निःशुल्क रुपमा गरेको थियो ।

उक्त शिविर ओम समाज डेन्टल हस्पिटल, घिमिरे समाज, लायन्स  क्लब अफ इन्द्र अन्नपूर्ण योग तथा घामिर बचत तथा ऋण सहकारी को सयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

Hamro Doctor
Last modified on 2021-02-07 15:30:29

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts