देउराली–जनता फर्मास्यूटिकल्स ३१ औं वर्षमा प्रवेश



Download our app to get more features

काठमाडौं, १७ माघ । देउराली–जनता फर्मास्यूटिकल्स कम्पनी लिमिटेड ३१ औं वर्षमा प्रवेश गरेको छ ।
 
विगत तीन दशकदेखि निरन्तर रुपमा उच्च गुणस्तरिय औषधिहरु नेपाली जनतालाई उपलब्ध गराउँदै आएको फर्मास्यूटिकल्सले नेपालको औषधि उत्पादनको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित भएको छ ।

अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीयता कायम गर्दै नेपालमा पहिलो ISO-9001; ISO-14001 का प्रमाणपत्रहरु प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरको बनाई WHO-GMP को अवधारणा अनुसार “कुशल उत्पादन अभ्यास” लाई लागु गर्ने पहिलो नेपाली कम्पनी बनेको दावी गरेको छ ।

कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरु मध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहनगर्ने कम्पनीको रुपमा समेत आफुलाई अग्रणी स्थानमा राख्न सक्षम बनेको बताउँछ ।

कम्पनीले आफ्नो अत्याधुनिक प्रविधिको प्रयोग गर्दैे अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने ऋCapsule, Tablet, Liquid, Ointment, Dry Power लगायतका ३ सय ३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न भवन निर्माण गरेर अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीता कायम गरि उत्पादन गरेका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेकोे छ ।

नेपालमा पहिलोपटक कोरोना संक्रमित बिरामीहरुको उपचारमा प्रभावकारी औषधि FAVIR-200 TAB  उत्पादन गरेर चर्चामा आएको थियो । FAVIR-200 TAB (फाभिर–२००) हाल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद तथा यस कम्पनीको संयुक्त तत्वावधानमा Mild and Moderate Covid-19 Infection भएका बिरामीहरुलाई नेपालको इतिहासमै पहिलो पटक क्लिनिकल ट्रायल भइ रहेको र फाबिर –२०० औषधि सेवन गरेका सम्पूर्ण सहभागी व्यक्तिहरु चांडै निको भै सकुसल रहेको एवं नकारात्मक असर नपरेको समेत बताएको छ ।

जीवन रक्षक औषधिहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दैे विश्वका विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५ सय जना कर्मचारीहरुलाई कम्पनीले रोजगारी दिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts