नर्भिकमा चौथो पटक शल्यक्रियाबाट शिशुको जन्म, आमा र शिशुको अवस्था सामान्य



Download our app to get more features
Spark_health_home

काठमाडौं, २६ माघ । नर्भिक इन्टरनेशनल हस्पिटलमा जटिल मानिने चौथो सिजरिङबाट एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।
 
वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ एव ंल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिया निरा बोहोराको चौथौ शल्यक्रियामार्फत् प्रशुति गराएकी हुन ।  

पहिलो र दोस्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेस्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।

सामान्यतया एक पटक शल्यक्रियामार्फत् प्रसुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रसुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाइ छ । 

’मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएका ेथियो ।’उनले भनिन, ’तेस्रो पटक बच्चा भएपछि मलाई हँुदैन भन्ने लागेको थियो । डा. नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’ बोहराले भनिन् ।

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दर्लभ घट्ना रहेको डा. शर्माको भनाइ छ ।

'सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रसुति गराउदँछौ' डा. शर्माले भनिन, 'तर, तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौ ।'
 
'दुई वटा बच्चा खेर गएपछि तीनवर्ष अघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो । उहाँको तेश्रो बच्चा सफलतापुर्वक जन्मियो ।'

उनँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको  र दुवै जनालाई केही दिनमा डिस्जार्च गरिने डा. शर्माले बताइन । 

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts