सुदूरपश्चिममा कोभिड संक्रमितको संख्या किन घट्दैछ ?



Download our app to get more features
Spark_health_home Hotline number ads 2

धनगढी, २० जेठ । सुदूरपश्चिममा जेठ महिनाको १८ दिनमा कुल नमूनाको ४३ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनहरुमा कोभिड संक्रमणको दर घटेको अनुमान गरिएको छ । तर, जेठ महिनाको १८ दिनको नतिजा हेर्दा कुल परीक्षणको ४३ प्रतिशतमा कोभिड संक्रमण पुष्टिले संक्रमण नघटेको तर नमुना संकलन र परिक्षण कम भएको देखिएको हो । वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकाले संक्रमण घटेको आकलन गरिएको भएपनि यथार्थमा त्यो नदेखिएको हो ।

कैलाली र कञ्चनपुर लगायत पहाडी जिल्लाहरुमा संक्रमण रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरिएको छ । तर, प्रदेशका विभिन्न प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा समेत एक हप्तादेखि नमुना संकलन र परीक्षणमा कमी आएको पाइएको छ । 

सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका प्रमुख रमेश शाहीले एक हप्तादेखि नमुना परीक्षण गर्न आउनेको संख्या घटेको बताएका छन् । “एक हप्ता यतादेखि नमुना परीक्षण घटिरहेको छ । नमुना संकलन नभएर नै परीक्षण घटेको हो । सात दिनको परीक्षण नतिजा हेर्दा सेती अस्पतालको प्रयोगशालामा लगभग २० प्रतिशतमा संक्रमण  पुष्टि भइरहेको छ,” शाहले भने ।

निषेधाज्ञापछि अस्पतालहरुमा उपचार गर्न आउने कोभिड संक्रमितको संख्या घटेको भएपनि कोभिडसँग मिल्ने लक्षण भएका तर परीक्षण गराउँदा भने नतिजा नेगेटिभ देखिने बिरामी संख्या भने बढेको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोबिन्द रोकायाले बताए । 

“परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएका बिरामीमा समेत कडा निमोनियासहितका लक्षण देखिन लागेकोले नयाँ प्रकारको कोभिड हुनसक्ने देखेर नमुना परीक्षणमा लागि काठमाडौं पठाउने गरेका छौँ । कडा लक्षण तथा समस्या भएका बिरामीहरुको आउने क्रम एकहप्तादेखि बढेको छ,” उनले भने ।
 
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ १ गतेदेखि १८ गतेसम्म कुल २० हजार ८ सय ५६ नमुना परीक्षण गरिएको छ । जसमध्ये ९ हजार ३७ जनामा कोभिड पुष्टि भएको छ । यो संख्या कुल परीक्षणको ४३ प्रतिशतभन्दा केही बढी हुन आउँछ । यो सँगै हरेक दिन परीक्षणको दायरा समेत घट्न थालेकाले संक्रमण समेत कम देखिएको अनुमान गरिएको हो ।
 
जेठ ७ गते सबैभन्दा बढी २ हजार १ सय ५७ नमूना परीक्षण गर्दा ९ सय ८४ मा कोभिड पुष्टि भएको छ । जेठ १७ गते सबैभन्दा कम ७ सय ६० नमुना परीक्षण गरिदा २ सय १८ जनामा कोभिड पुष्टि गरिएको छ ।
 
पछिल्ला केही दिनदेखि भने अस्पतालमा आउने नयाँ बिरामीहरुमा कोभिड नेगेटिभ देखिएपनि कडा खालको लक्षण तथा समस्यासहितको संक्रमितको संख्या भने बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts