कोरोनासँगै मनसुनमा पानीजन्य रोग लाग्ने जोखिम, सचेत रहन सरकारको आग्रह



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, ३ असार । सरकारले बाढीपहिरोको समयमा पानीजन्य अन्य संक्रमण रोगको जोखिम भएकाले सचेन रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोनासँगै अन्य पानीजन्य रोगको संक्रमणको जोखिम भएकाले सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजर हुनु जरुरी रहेको बताएका छन् ।

उनले बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी भएको बताए । 

साथै उद्दार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन पनि उनले आग्रह गरिएको बताए ।

सरकारले अहिलेको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्यका लागि सात वटै प्रदेशमा रहेका आपतकालिन कार्य सञ्चालन कार्यालयसँग मन्त्रालय निरन्तर सम्पर्कमा रहेको पनि उनले जानकारी दिए ।

बाढीपहिरोका कारण बेपत्ता भएका नागरिकहरुको खोजी तथा प्रभावित व्यक्तिहरुको उद्दारमा सरकारका सबै संयन्त्र परिचालन भएको भन्दै यस कार्यमा सघाउन उनले अपील समेत गरेका छन् ।

यस्तै सिन्धुपाल्चोक, म्याग्दी, बाजुरा, डोटी लगायतका जिल्लामा बाढीपहिरोमा परि मृत्यु भएकाहरुप्रति सरकारले संवेदना व्यक्त गरेको छ ।

Hamro Doctor
Last modified on 2021-06-17 19:00:22

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts