डेढ महिनादेखि बन्द रहेको भरतपुर अस्पतालको ओपीडी सेवा आइतवारदेखि पुनः सञ्चालनमा



Download our app to get more features
Spark_health_home Hotline number ads 2

चितवन, ४ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको ओपीडी सेवा अब आइतवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र लकडाउनको कारण बन्द रहेको ओपीडी सेवा यहि असार ६ गते आइतवारदेखि पुनः सञ्चालनमा आउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहीवार बसेको विभागीय प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो ।

दिन प्रतिदिन कोभिड-१९ संक्रमित बिरामीहरुको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको निर्देशन अनुसार वैशाख १७ गतेदेखि डेढ महिना ओपीडी सेवा बन्द रहेको थियो । अन्य बिरामीका लागि ओपीडी सेवा बन्द रहेको भएपनि ज्वरो र कोरोनाका बिरामीको लागि भने फिबर क्लिनिक मार्फत सेवा दिइएको थियो । अस्पतालमा ईमर्जेन्सी तथा भर्नालगाएतका सेवा भने २४ सैँ घण्टा सञ्चालनमा नै रहेको थियो ।

नेपालको मध्य भागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Hamro Doctor
Last modified on 2021-06-18 15:13:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts