ललितपुरमा आजबाट १८ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, २० असोज । ललितपुरमा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने भएको हो ।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आजबाट १८ वर्षमाथिका उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

कार्यालयका अनुसार चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोरोना संक्रमण फैलन सक्ने भएकाले त्यसलाई ध्यानमा राखी आजबाट खोप लगाउन थालिएको हो ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगि खोप लगाउन समेत कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

Last modified on 2021-10-06 13:49:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts