देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु, २४ घन्टामा ६ सय ८० जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ३१ असोज । गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको हो । यसअघि, कोरोनाको दोस्रो लहरपछि शनिवार १ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको थियो ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ७७ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ९ सय ६६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ८५ र १ हजार १ सय ११ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ३७ र एन्टीजेन विधिबाट ९३ हजार ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ६ सय ८० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ ।

Last modified on 2021-10-18 10:48:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts