सुदूरमा कोरोना संक्रमितको संख्या शून्य



Download our app to get more features

बैतडी,१ कार्तिक । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिएन ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका  कारण एक जनाको पनि मृत्यु भएको छैन ।

सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। संक्रमणकै  कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन् ।  

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts