सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी,१ कार्तिक । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । 

कैलालीको गोदावरी नगरपालिका–७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै अस्पतालमा ३ जना बिरामी भर्ना भएका छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts