देशभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु,२४ घन्टामा थपिए ५ सय ९१ संक्रमित



Download our app to get more features

काठमाडौं,१ कार्तिक । गत २४ घन्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ९ हजार ६ सय ९७ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ६ सय ५४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय २३ र २ हजार ४३ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ५ सय ६० र एन्टीजेन विधिबाट ९३ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ९ सय ३७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ रहेको छ । त्यस्तै २८० जना आइसीयूमा छन् भने ९९ जना भेन्टिलेटरमा रहेका छन् । 

Last modified on 2021-10-19 10:02:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts