नेपालमा पहिलोपटक पुष्टि भयो कोरोनाको ओमिक्रोन भेरिएन्ट



Download our app to get more features

काठमाडौं, २० मंसिर । नेपालमा पनि कोरोनाको ओमिक्रोन फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आएका एक जना ७१ वर्षका व्यक्तिमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ ।

मन्त्रालयले मंगलवार प्रेस ब्रिफिंगको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले नेपालमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको र तीनको सम्पर्कमा आएका ७१ वर्षका एक जना वृद्धमा कोरोनाको ओमिक्रोन फेला परेको बताए ।

हाल ती व्यक्ति डाक्टरको निगरानीमा रहेको र उनीहरुको उपचार भइरहेको पनि डा.अधिकारीले बताए ।

नेपाल प्रवेश गर्दा ती व्यक्तिहरुमा कोरोना नेगेटिभ देखिएको र पूर्ण मात्रा खोप लगाएको भन्दै डा.अधिकारीले आशंकाको आधारमा जिन सिक्वेन्सिंग गर्दा दुबै जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको बताए ।

Hamro Doctor
Last modified on 2021-12-06 13:23:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts