विश्वभर घट्न थाल्यो कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या, मृत्यु हुनेको सङ्ख्या पनि घट्दै



Download our app to get more features

एजेन्सी, २४ माघ । विश्वभर कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घट्न थालेको छ ।

दैनिक सरदर ३६ लाख पुगेको सङ्क्रमण दर पछिल्लो एक सातादेखि ओरालो लाग्दै गएको हो ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्य्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर जम्मा १८ लाख ५९ हजार ४ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । झन्डै २ महिना पछि विश्वभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या २० लाखभन्दा कम छ । 

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३९ करोड ५८ लाख ८३ हजार ६ सय ७० पुगेको छ ।

अमेरिका, भारत,बेलायत, ब्राजील, रुस लगायतका मुलुकमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या घटेसँगै विश्वभर कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घट्न थालेको हो ।

यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि घट्न थालेको छ । दैनिक झन्डै १२ हजारको हाराहारीमा मानिसहरूको मृत्यु हुनेको गरेकोमा त्यो सङ्ख्या १० हजारभन्दा तल झरेको छ ।

गत २४ घन्टामा विश्वभर ६ हजार ३ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै भारतमा ८ सय ९७, मेक्सिकोमा ५ सय ८८, रुसमा ६ सय ६१ र ब्राजीलमा ४ सय २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५७ लाख ५८ हजार ५ सय ९३ पुगेको छ । 

हालसम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्य ३१ करोड ४७ लाख ४३ हजार ४ सय ६१ जना स्वस्थ भएका छन् ।

 

Last modified on 2022-02-07 17:05:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts