वैकल्पिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण बढ्दै



Download our app to get more features

काठमाण्डौं, १५ चैत्र । काठमाण्डौं कालिमाटीकी नीता श्रेष्ठ  ढाड र घाँटी दुख्ने समस्याले पीडित थिइन् । श्रेष्ठले काठमाण्डौंका सबै ठुला अस्पतालमा आफ्नो रोगको उपचार गरिन् तर न उनको रोग निको भयो या त दुखाइ नै कम । उनले आफ्नो रोगको उपचार हुने आश नै मारिन् ।

२ वर्ष अगाडी श्रेष्ठले आफन्तबाट बैकल्पिक स्वास्थ्य उपचारको बारेमा जानकारी पाएर फिजियोथेरापीको माध्यमबाट उपचार गराएपछि उनको दुखाइ मात्र कम भएन चिकित्सकको सल्लाह अनुसार नियमित योग अभ्यास गरेर स्वस्थ भएकी छिन् ।

त्यसो त ७ वर्ष अघि कम्मरभन्दा तल चल्न छाडेपछि वैकल्पिक उपचार पद्धति अपनाएर नयाँ जीवन प्राप्त गरेका अर्का बिरामी कुलदीप शाक्यले बताए । फिजियोथेरापी, रिह्याबिटेशन, योग, प्राकृतिक चिकित्साजस्ता उपचार पद्धतिबाट आफ्नै छुट्टै वैकल्पिक उपचारको विकास भएपछि बिस्तारै विभिन्न रोगीहरु यसमा आकर्षित भएका छन् ।

जीवनशैलीले स्वास्थ्य अवस्थाको निर्धारण गर्ने भएकाले आधुनिक तथा प्राकृतिक चिकित्सा पद्धतिलाई एकीकृत गर्नुपर्ने वैकल्पिक उपचार पद्धति सञ्चालन गरेका स्पार्क हेल्थ होमका प्रबन्धक निर्देशक हरिशरण रिजाल  बताउँछन् ।

औषधि प्रयोग बिनौ नै स्वस्थ रहने तरिकाका रुपमा वैकल्पिक चिकित्सा पद्धतिको सुरुवात गरिएको रिजालको भनाई छ । ‘यसबाट रोगको दीगो उपचार सम्भव छ ।’ निर्देशक रिजालले भने, ‘वैकल्पिक उपचार पद्धतिबाट कुनै साइड इफेक्ट हुँदैन ।’  
प्राकृतिक चिकित्सा विधिबाट प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, मुख बाँगिएको लगायतका बिरामीको उपचार गरिन्छ ।

औषधि प्रयोग बिनौ नै स्वस्थ रहने तरिकाका रुपमा वैकल्पिक चिकित्सा पद्धतिको सुरुवात गरिएको र वैकल्पिक उपचार पद्धतिबाट कुनै साइड इफेक्ट हुँदैन ।’-हरिशरण रिजाल, प्रबन्धक निर्देशक,स्पार्क हेल्थ होम


के हो वैकल्पिक उपचार पद्धति ?

वैकल्पिक उपचार पद्धति भनेको फिजियोथेरापी, रिह्याबिटेशन, योग र प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार हो । यि चार वटै उपचार पद्धतिलाई एउटै प्याकेजमा समेटेर गरीने उपचार पद्धति लाइ नै  वैकल्पिक चिकित्सा उपचार पद्धति फिजियोथेरापिष्ट डा. अनिल महतो बताउँछन् ।
वैकल्पिक उपचार पद्धतिमा फिजियोथेरापी भन्नाले साइड इफेक्ट नहुने, नघोची, नकाटी र रासायनिक औषधिको प्रयोग गरी हात खुट्टा जोर्नी तथा नसा सम्वन्धि रोगको उपचार गरिने पद्धति हो । अपे्रशन तथा विभिन्न किसिमका औषधिको प्रयोग नगरी विभिन्न थेरापीद्धारा उपचार गरिने भएकाले रोग निको हुन भने समय लाग्ने चिकित्सकहरु बताउँछन् ।  

वैकल्पिक उपचार पद्धति भनेको फिजियोथेरापी, रिह्याबिटेशन, योग र प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार हो । यि चार वटै उपचार पद्धतिलाई एउटै प्याकेजमा समेटेर गरीने उपचार पद्धति लाइ नै  वैकल्पिक चिकित्सा उपचार पद्धति भनिन्छ  । -डा. अनिल महतो, फिजियोथेरापिष्ट


प्राकृतिक चिकित्सा विज्ञान

प्राकृतिक चिकित्सा विज्ञान पञ्चतत्व (आकाश, पृथ्वी, जल, सूर्य र वायु)मा आधारित आधुनिक उपचार पद्धति हो । यसलाई ड्रगलेस थेरापी पनि भनिन्छ । प्रत्येक बिरामीको रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन पञ्चतत्वका आधारमा यो उपचार विधि अवलम्बन गरीन्छ । यसले औषधिको प्रयोगलाई बन्देज गर्नुका साथै आधुनिक उपचार पद्धतिका औषधि प्रयोग गर्दैन ।

प्राकृतिक चिकित्सा विज्ञान पञ्चतत्व (आकाश, पृथ्वी, जल, सूर्य र वायु)मा आधारित आधुनिक उपचार पद्धति हो । यसलाई ड्रगलेस थेरापी पनि भनिन्छ । प्रत्येक बिरामीको रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन पञ्चतत्वका आधारमा यो उपचार विधि अवलम्बन गरीन्छ । -  डा. विजय लामिछाने, प्राकृतिक चिकित्सक


रोग एउटै भएपनि बिरामी अनुसार रोग प्रतिरोधात्मक क्षमता फरक हुने भएकाले फरक विधिबाट उपचार गरेर रोगको निदान गर्न प्राकृतिक चिकित्सा पद्धति फलदायी भएको प्राकृतिक चिकित्सक डा. विजय लामिछाने बताउँछन् ।

Last modified on 2016-03-28 19:19:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts