बैतडी अस्पतालमा दन्त सेवा बन्द



Download our app to get more features

बैतडी, ११ माघ । बैतडी जिल्ला अस्पताल बैतडीमा दन्त सेवा बन्द भएको छ।

दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नभए सम्म दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ।

अस्पतालका निमित्त प्रमुख डा.चैतन्य जोशीले स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएकाले तत्कालका लागि दन्त सेवा बन्द भएको बताए।

सेवा बन्द हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति अस्पतालले क्षमा समेत मागेको छ।

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts