देशभर २५ हजार बढी कोरोना परीक्षण गर्दा १२ हजार ८ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,११ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट ८ जनाको  मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २५ हजार ९ सय ९ कोरोना परीक्षण गरिएको छ । जसमा १८ हजार १ सय  ३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार ४ सय ३२ र २ हजार ५ सय ७६ एन्टीजेन परीक्षण गर्दा ७ हजार ८ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ हजार ४० जना स्वस्थ भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २७ हजार २ सय ७९ जना पुगेको छ। 

गत २४ घन्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2022-01-26 09:41:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts