चितवनका २ सय ११ सहित एकैपटक थप २ सय ४८ जनामा कोरोना पुष्टि, संक्रमणदर डरलाग्दो



Download our app to get more features

चितवन, ५ माघ । चितवनस्थित भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक थप २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणको नतिजा अनुसार चितवनका २ सय ११ सहित एकैपटक थप २ सय ४८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख मणि राम महत्तोले जानकारी दिए । जसमा २ सय ८ को आरटिपिसिआर र ४० जनाको एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएको उनले जनाए ।

उनका अनुसार २ सय ७८ जनाको आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको मध्ये चितवनका १ सय ७५ जना सहित २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी ३३ जना अन्य विभिन्न जिल्लाका छन् । परीक्षण गरिएको मध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये २ सय ६ जना नयाँ संक्रमित हुन् । बाँकी २ जनाको पुनः परीक्षण गर्दा समेत संक्रमण देखिएको हो ।

त्यस्तै, मंगलबारनै ६१ हुनेमा एन्टिजिन परीक्षण गरिएको मध्ये चितवनका ३६ सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अन्य ४ जना चितवन बाहिरका छन् । यसरी परीक्षण गरिएका मध्ये ६६ प्रतिशतमा संक्रमण देखिएको हो ।

यसरी संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका सबै भन्दा बढी छन् । जिल्लाका २ सय ११ मध्ये १ सय ९५ जना भरतपुर महानगरपालिका भित्रका छन् । बाँकी १६ जना जिल्लाका अन्य स्थानीय पालिकाका छन् ।

सामान्य रुघाखोकी, ज्वरो र टाउको दुखाइ भई परीक्षण गरेका अधिकांशमा कोरोना देखिए हो । केही कुनै लक्षण बिना नै अन्य प्रयोजनका लागि परीक्षण गर्न गएका मध्येका छन् । जसमा अप्रेशन गर्नुपर्ने बिरामी, परीक्षा दिने विद्यार्थी, विदेश जाँन परीक्षण गराएका मध्येका छन् ।

अहिले कोरोना संक्रमण तीव्र रूपमा फैलिएको र संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-01-19 10:51:32

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts