धुलिखेल अस्पतालले रक्तपरीक्षणमा अत्याधुनिक नयाँ प्रविधि भित्र्यायो

What's This?


Download our app to get more features

काठमाडौं, - धुलिखेल अस्पतालको बायोकेमेस्ट्री विभागमा रगत परीक्षणको रिपोर्ट उपलब्ध गराउने अत्याधुनिक प्रविधिको मेसिन भित्र्याइएको छ ।

इटालीमा उत्पादित केमिलुमिनिसेन्ट इम्युनोएसे (सीएलआएए) नामको नयाँ प्रविधिको उक्त मेसिन नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयको सहकार्यमा भित्र्याइएको हो । 
यो प्रविधिको माध्यमबाट रक्तपरीक्षण गर्दा त्रुटिरहित, सर्वसुलभरुपमा गुणस्तरीय रिपोर्ट २ घन्टाभित्रै प्राप्त हुने अस्पतालले जनाएको छ । यो प्रविधिबाट परीक्षण गरिने रगतको गुणस्तरको निरीक्षण–अनुगमन भारतको कृश्चियन मेडिकल कलेज, भेलोरले गर्नेछ । यस प्रविधिको सहयोगमा भिटामिन डी, पीटीएच, प्रोक्याल्सिटोनिन, इन्सुलिन, थाइरोग्लोबिन लगायतका ३१ प्रकारका रक्तपरीक्षण हुने अस्पतालले जनाएको छ । अब रक्तपरीक्षणका लागि विदेशमा पठाउनुपर्ने बाध्यतामा कमी आउने अस्पतालको भनाइ छ ।

Last modified on 2016-03-17 12:30:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts