डा. केसी पक्षलाई शिक्षण अस्पतालका नौ संघसंगठनको कडा चेतावनी 

What's This?


Download our app to get more features

काठमाण्डौं, १४ मंसीर । शिक्षण अस्पतालका विभिन्न नौ वटा संगठनले चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी (डिन) तथा त्रिवि उपकुलपति विरुद्ध कुनैपनि अतिक्रमण भए कडा प्रतिकार गर्नेे चेतावनी दिएका छन् ।

शिक्षण अस्पतालसंग आवद्ध नौ वटा प्राध्यापक तथा कर्मचारी संघसंगठनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति तथा चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी (डिन) जस्तो गरीमामय तथा संवेदनशिल पदमाथि कुनै पनि बहानामा आक्रमण भए त्यसविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।
त्रिवि उपकुलपति तथा चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी (डिन) जस्तो गरीमामय तथा संवेदनशिल पदमाथी आन्तरिक माग राख्दै केहि तत्वहरुले नाराबाजी  गरी घेराउ र तनावपुर्ण वाताबरण सिर्जना गरेका उनीहरुको आरोप छ ।

शिक्षण अस्पताल महाराजगंजकात्रिवि प्रध्यापक संघ इकाई, चिकित्सा शिक्षक संघ, प्राध्यापक संगठन, नेपाल राष्टिय प्राध्यापक संगठन, त्रिवि शिक्षण अस्पताल कर्मचारी संघ इकाई, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, त्रिवि प्रगतिशिल संगठन, र राष्टिय कर्मचारी संगठन शिक्षण अस्पताल इकाई समितिले संयुक्त विज्ञप्ति निकालेका हुन् । 


विज्ञप्तिमा भनिएको छ आफ्ना विभिन्न संस्थानहरुमा विश्वबिद्यालयको विधान अन्र्तगत रही पदाधिकारी नियुक्त गर्न पाउने स्वायत्तता माथी कुनै पनि बहनामा अतिक्रमण भए हामी त्यसविरुद्ध प्रतिकारमा उत्रन वाध्य हुनेछौं ।

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी पन्ध्र दिन देखि आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि उनका सर्मथकहरुले चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी (डिन) तथा त्रिवि उपकुलपतिको राजीनामा राख्दै नाराबाजी र घेराउका कार्यक्रम गरिरहँदा असन्तुष्ट पक्षको यस्तो वक्तव्य बाहिर आएको हो । 
 

Last modified on 2016-11-29 14:03:27

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts