एण्टिबायोटिक्सको अधिक प्रयोगले निम्त्याउँदैछ गम्भीर समस्या

What's This?


Download our app to get more features


काठमाडौं, २९ कात्तिक । ‘एण्टिबायोटिक्स उपचार ः पुनर्विचार’ भन्ने नाराका साथ मंगलबारबाट एण्टिबायोटिक्स सप्ताह सुरु भएको छ ।

३ मंसिरसम्म चल्ने उक्त सप्ताहमा एण्टिबायोटिक्सको अधिक प्रयोग  रोक्न र त्यसको नियन्त्रणको लागि बेलैमा सचेत हुन सरोकारवाला निकायले आव्हान गर्नेछन् । एण्टिबायोटिक्सको अधिक प्रयोगले पशुको स्वास्थ्य मात्र नभई मानव स्वास्थ्यमा समेत विभिन्न किसिमका गम्भीर समस्या उत्पन्न हुने सरोकारवालाहरूको ठहर छ । 

मंगलबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, कृषि विकास मन्त्रालयका प्रतिनिधिले एन्टिबायोटिक्सको जथाभाबी प्रयोग रोक्न आग्रह गरे । कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सह–सचिव डा. केशवप्रसाद प्रेमीले मानिसमा लाग्ने अधिकांश रोग पशुपंक्षीबाटै सर्ने गरेको बताए । उनले प्रायः रोगहरू जनावरबाट सर्ने गरेको प्रष्टाए । साथै रोगी कुखुरा, राँगा, बोका, खसीको मासु सेवनबाट मात्रै नभइ पशुको दुधबाट पनि रोग सर्ने उनले बताए । उनले पशुपंक्षी बिरामी हुँदा खुवाईएको एण्टिबायोटिक्सले मानव शरीरमा नकारात्मक असर गर्ने जानकारी पनि दिए ।

तीन वर्षपछि बजारमा एण्टिबायोटिक्स नपाइने
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सन् २०२० पछि बजारमा एण्टिबायोटिक्स नपाईने बताए । उनले विभागबाट बजारमा एण्टिबायोटिक्स पठाउने काम पूर्ण रुपमा बन्द गरिसकिएको बताए । सामान्य बिरामी हुँदा पनि विना स्वास्थ्य परीक्षण एण्टिबायोटिक्स प्रयोग गर्ने क्रम बढेपछि झन् समस्या भएको उनको भनाइ छ । साथै एण्टिबायोटिक्स खुवाईएका कुखुरा, अण्डा, मासुजन्य वस्तु सेवन गर्दा मानव जीवनमा ठुलो असर परिरहेको उनले बताए ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले स्वास्थ्यसँग जोडिएका कुराको बारेमा जनस्तरसम्म सचेतना पुर्याउन जोड दिए । कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. बिमल निर्मलले जनताको स्वास्थ नै सबैभन्दा महत्वपूर्ण हुने हँुदा विभागबाट यसै आर्थिक वर्षदेखि कुनै पनि किसिमका एण्टिबायोटिक्स आयातको लागी स्वीकृित नदिएको र नदिने बताए । 

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts