डा. देवकोटाको अवस्था गम्भीर तर स्थिर



Download our app to get more features

काठमाडौं, ९ पुष । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको अवस्था  गम्भीर तर स्थिर  रहेको छ ।

गलब्लाडरमा हुने क्यान्सर (cholangio carcinoma) बाट सिकिस्त भएका देवकोटाको अवस्था गम्भीर तर, स्थिर  रहेको उनको पारिवारिक स्रोतलाई उदृत गर्दै चिकित्सकहरुले बताएका छन् । 

देवकोटा केही समय अघि अस्वस्थ भएपछि उपचारका लागि बेलायत लगिएको थियो । उपचारका क्रममा देवकोटालाई गम्भीर प्रकारको क्यान्सर भएको पत्ता लागेको छ । उनको उपचार बेलायतको किङ्स कलेज हस्पिटलमा भइरहेको छ । 

लाखौ बिरामीहरुको जीवन बचाउन सफल डा. देवकोटाको जीवन रक्षाका लागि नेपालका बरिष्ठ चिकित्सकहरुले भगवानसंग प्रार्थना गरेका छन् । बरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली चिकित्सा जगतका नक्षत्र डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर भएको खवरले समग्र चिकित्सा जगत स्तब्ध भएको बताए । 

डा भोला रिजालद्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार उपचाररत डा. देवकोटाको शिघ्र स्वास्थ्य लाभका लागि आइतबार (आज) पशुपतिनाथ मन्दिर अगाडी दिउसो १ बजे दिप प्रज्वलन गरीने भएको छ । चिकित्सक, राजनीतिज्ञ, समाजसेवीहरुको उपस्थितिमा दिप प्रज्वलन गरी सुस्वास्थ्यको कामना गर्न लागिएको हो रिजालले भने । 

Last modified on 2017-12-24 15:50:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts