डा. देवकोटाको स्वास्थ्य सुधारोन्मुख छ–नेपाल न्युरो सर्जन समाज

भ्रामक समाचार नदिन आग्रह



Download our app to get more features

काठमाडौँ, १२ पुस (रासस) :नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ । 

डा. देवकोटाका बारेमा केही सञ्चार माध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले हिजो विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भए पनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो

विभिन्न सञ्चार माध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सञ्चार माध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts