इच्छा नभए ‘स्ट्रोङगली नो सेक्स’ भनौं 



Download our app to get more features

बीबीसी,१५ पौष । यौन सम्पर्कका बेला पुरुषले महिलालाई तिमी यौनका लागि तयार छौं भनेर सोध्छन् त ? महिलाले पनि स्पष्ट रुपमा ‘हो म तयार छु, तिमीसँग सम्बन्ध बनाउन इच्छुक छु’ वा ‘म तयार छैन्, हुँदैन’ भन्न्छन त ?

बीबीसीकी रिपोर्टर दिव्या आर्य भन्छिन् ‘मेरो विचारमा धेरै विषयमा मानिसहरूबीच यी विषयमा कुराकानी नै हँुदैन् । न पुरुषले यति स्पष्ट तरिकाले सोध्छन्, न महिलाले उसैगरी जवाफ दिन्छन् ।’ तर कानुन अनुसार विनासहमति गरिएको सेक्स अपराध हो । यसलाई बलात्कार मानिन्छ ।

दिल्लीका प्रसिद्ध सिनेमाकर्मी महमूद फारुकीलाई अमेरिकी अनुशन्धातालाई बलात्कार गरेको आरोप लागेको थियो । यस सम्बन्धमा दिल्लीको उच्च अदालतले भनेको छ ‘यो घटनामा सेक्सको क्रममा ती अमेरिकी रिसर्चरले हँुदैन भनेको कुरा फारुकीले स्पष्ट बुझ्न नसकेको देखियो ।’ यसैलाई अधार मान्दै फारुकीलाई अदालतले निर्दोष सावित गरेको थियो । यौन मानविय आवश्यकता हो । मानिसको इच्छाको विषय भएपनि यसका विषयमा मानिस खुलेर कुरा गर्न भने चाहदैनन् । 

अरु विषयमा जस्तै सेक्सका विषयमा पनि खुलेर कुरा गर्ने अनुमति माग्ने र स्पष्ट जवाफपछि मात्र सम्पर्क कायम गर्ने वातावरण सिर्जना गर्नु आजको अवस्था रहेको संवाददाता दिव्याले आफ्नो लेखमा उल्लेख गरेकी छिन् ।

यदि तपार्इं पुरुष हुनुहुन्छ कुनै महिलाको नजिक जान चाहानुहुन्छ भने ती महिलाको आँखाको भाव पढ्न जरुरी रहेको बीबीसीले लेखेको छ । महिलाको आँखाले ‘नाई’ भन्दाभन्दै पनि तपाई शरीर छुनतिर लाग्नुहुन्छ भने तपार्इं अपराधी हो । महिलाले उसलाई छुन खोज्दा तपार्इंको हात झट्कारीदिन्छिन् वा पर सर्छिन भने उनी तपाईसँग शरीरिक सम्बन्ध बनाउन चाहान्नन् ।’ बीबीसीमा उल्लेख छ ।

हामीले सिनेमा तथा टिभीमा कुनै अपरिचितले बलात्कार गर्न कोशिस गरिरहेको र जबरजस्ती महिलाका हात पाखुरा खुट्टा दबाईरहको तथा महिला रोईकराई गरिराखेको दृश्य प्रशस्तै देख्छौं । तर, यही घटना कुनै, चिनेका व्यक्ति, नजिकका व्यक्ति तथा आफ्नै पतिसँग घटेमा महिलाले इज्जतका लागि पनि त्यति कराउने चिच्चाउने नगर्ने भएका कारण आफ्नैबाट धेरै बलात्कार हुने गरेका छन् । भारतको नेसनल क्राइम रेकर्ड ब्यूरोको पछिल्ले दुई दशकको आँकडा हेर्दा ९७ प्रतिशत महिला आफ्नै नजिकका तथा चिनेका व्यक्तिबाट बालात्कृत भएका थिए । 

महमूद फारुकीका पक्षमा गरिए जस्तै अन्य फैसलाले यदि महिलाले स्पष्ट रुपमा सेक्समा ‘नो’ भन्न नसक्दा बलात्कारको शिकार हुने गरेको देखिन्छ । खासगरी चिनेजानेका, पढेलेखेका  र विश्वास गरिएका पुरुष तथा त्यसभन्दा पहिला सम्बन्ध राखिसकेका पुरुषबाट धेरै महिला बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । यसकारण महिलाले सेक्समा आफ्नो इच्छा छैन भने कमजोर तरिकारले नभई स्पष्ट र दरो तरिकारले ‘नो सेक्स’ भन्न सके धेरै हदसम्म बालात्कारका घटना कम हुन सक्ने देखिन्छ । 
 

Last modified on 2017-12-30 14:08:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts