ब्लड ग्रुपबाटै थाहा पाउन सकिन्छ मानिसको स्वभाव



Download our app to get more features

ब्लड ग्रुपले स्वास्थ्य अवस्थाको मात्रै होइन मानिसको स्वभावको बारेमा पनि जानकारी दिन्छ भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । क्यानेडियन नेचुरोपेथिक डाक्टर जेम्स डी एडमाओ र उनका छोरा पिटर डी एडमाओले गरेको अध्ययन अनुसार ब्लड ग्रुपमार्फत व्यक्तिको  स्वभाव बारेमा समेत जानकारी दिन सकिन्छ । ब्लड ग्रुपले मानिसको व्यक्तित्व, काम, रोजाई र जीवनसँग सम्बन्धित जानकारी पनि दिन्छ । जस्तै प्रत्येक व्यक्तिको व्यवहार अलग हुन्छ ठिक त्यसरी नै सबैको ब्लड ग्रुप पनि फरक फरक हुन्छ ।

त्यतिमात्र नभई जापानमा केटा र केटीको ब्लड ग्रुप अनुसार नै उसका लागि जीवनसाथी चयन गर्ने गरिन्छ । कतिपय एसियाली देशहरूमा त कुनै पनि व्यक्तिको स्वभाव उसको ब्लड ग्रुपबाट नै पत्ता लगाउन सकिने मान्यता छ ।

जानौं कुन ब्लड ग्रुप भएका मानिस कस्ता

ए ग्रुप : टाइप ए ब्लड ग्रुप भएका मानिस राम्रो रोल मोडेल बन्ने गर्छन् । किनकी उसमा सफलता हासिल गर्ने क्षमता निकै बढी हुन्छ । टाइप ए ब्लड ग्रुपका मानिसले सबैलाई सँगै लिएर हिँड्न रुचाउँछन् । ए ब्लड ग्रुप भएका व्यक्तिको स्वभाव कोमल, जिम्मेवार, संवेदनशील र जीवनमा राम्रो साथी बन्ने गर्छन् । यो ब्लड ग्रुपका मानिसले आफूभन्दा पहिले अर्काको बारेमा सोच्ने गर्छन् । ए ब्लड ग्रुप भएका व्यक्ति धेरै सोच्ने हुन्छन् जसले गर्दा तनावमा पनि धेरै पर्छन । 

एबी ग्रुप : एबी ब्लड ग्रुपका व्यक्ति निकै शान्त स्वभावका हुन्छ । यिनीहरु निकै स्मार्ट र इन्टेलिजेन्ट हुन्छन् । एबी ब्लड ग्रुपका मानिसले सजिलै अरुमाथि विश्वास गर्दैनन् । यिनीहरू राम्रो र विश्वासिलो साथी बन्ने गर्छन् । यो ब्लड ग्रुप भएका व्यक्तिहरु निकै सफा हृदयका हुन्छन् । जस्तो भित्री सोच हुन्छ त्यस्तै दर्शाउने गर्छन् । 

बी ग्रुप : टाइप बी ब्लड ग्रुप भएका मानिस जो सँग पनि चाँडै घुलमिल गर्न सक्ने क्षमताका हुन्छन् । अर्थात् यो ब्लड ग्रुप भएका मानिस निकै मिलनसार हुन्छन् ।
बी ब्लड ग्रुप भएका मानिस निकै मिहेनती हुन्छन् । यि व्यक्तिहरू जीवनमा सबै काम आफ्नै मिहिनेतले प्राप्त गर्न चाहन्छन् । बी ब्लड ग्रुप भएका व्यक्ति सत्य बोल्नमा विश्वास राख्छन् । साथै यिनीहरू निकै जिद्दी पनि हुन्छन्, जसले गर्दा सजिलै कसैको पनि कुरा मान्दैनन् ।

टाइप ओ : ओ ब्लड ग्रुप भएका मानिस निकै सकारात्मक विचार र आत्मविश्वासी हुन्छन् । यिनीहरूमा एक राम्रो लिडर बन्ने गुण हुन्छ । ओ ब्लड ग्रुप भएका व्यक्ति निकै मिहिनेती पनि हुन्छन् । यिनीहरूमा सबै भन्दा बढी सफलता हासिल गर्ने क्षमता हुन्छ । साथै ओ ब्लड ग्रुपका व्यक्तिले अरुलाई खुशी राख्नमा बढी विश्वास गर्छन । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-02-02 07:41:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts