विश्व नर्स दिवस

संसारका ५ अनौठा नर्सको बारेमा तपाईंलाई थाहा छ ?



Download our app to get more features

नर्सिङ एक यस्तो पेशा हो जहाँ नर्सहरूले दिनरात मिहिनेत गरेर बिरामीको रेखदेख गर्ने गर्छन् । नर्सिङमा लागेपछि नर्सहरूले बिरामीको सेवाका लागि आफूले आर्जेको ज्ञान र अनुभव प्रयोग गर्ने गर्छन ।

उनीहरूको ज्ञान र अनुभव बिरामीको ज्यान जोगाउन सहयोगी हुनेगर्छ । अस्पतालमा डाक्टरपछिको ठूलो भूमिका निर्वाह गर्ने व्यक्ति भनेको नर्सहरू नै हुन् । तर, संसारमा केही यस्ता नर्सहरू पनि छन् जसले आफ्नो पेशाको गलत फाइदा उठाएर नर्सिङ पेशालाई कलंकित बनाएका छन् भने कसैले यो पेशालाई सम्मानित बनाएका छन् ।

जानौं संसारका ५ अनौंठा नर्सहरूका बारेमा

१) जुली केंक

रूसमा जन्मेकी जुली केंकलाई निकै नै गम्भीर अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । केंक पेशाले नर्स भएपनि उनले आफ्नो पेशाको गलत फाइदा उठाएर पुरूषहरूको बलात्कार गर्ने गर्थिन् ।
४५ वर्षीया केंक रूसको एक पागलखानामा काम गर्थिन् । केंक आफ्नो शारीरिक इच्छा पुरा गर्न पागलखानाका बिरामी पुरूषहरूसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्थिन । उनलाई अस्पताल प्रशासनले रंगे हात पक्रेको थियो । अहिले उनीमाथि २४ पुरूषलाई बलात्कार गरेको आरोपसहित अदालतमा मुद्दा चलिरहेको छ । 

२) काइ साइरे

काइ साइरेलाई संसारकै सबैभन्दा सेक्सी नर्सको रूपमा चिनिन्छ । किनकी यिनी आफ्नो ‘हट लुक’ का कारण इन्टरनेटमा निकै चर्चित छिन् । यिनको कामुक तस्विरहरू सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् ।
काइ साइरे न्यूयोर्कको एक निजी अस्पतालमा काम गर्नुका साथै अध्ययन पनि गरिरहेकी छिन् । उनले चाहिन भने चलचित्र वा मोडलिङ पेशालाई रोजेर सहजै स्थापित हुन सक्छिन् । तर, उनी भन्छिन्, ‘मेरो काम बिरामीको सेवा गर्नु हो र मलाई यसमै रमाइलो लाग्छ ।’ साइरेको यो कुराले लाग्छ उनी बाहिरी रूपले जति सुन्दर छिन् त्यति नै भित्री मनले पनि पनि शुन्दर होलिन ।

३) डेनाइला पोगेइली

डेनाइला पोेगेइली इटालियन नर्स थिइन् । पोगेइलीलाई द एन्जेल अफ द डेथ अर्थात् मृत्यु दिने परी पनि भनिने गरिन्थ्यो ।
जुन अस्पतालमा पोगेइली काम गर्थिन् त्यहाँ एक पछि अर्को गर्दै ३८ जना बिरामीको मृत्यु भएको थियो । यो घटनाको छानबिन गरियो अनि पत्ता लाग्यो की मर्ने सबै बिरामीलाई पोटासियम क्लोराइडको ओभर डोज दिइएको थियो । त्यसपछि खुलासा भयो की पोगेइलीले मजाक मजाकमै बिरामीलाई मृत्यु शय्यामा पुर्याउँथिन । उनलाई बिरामीको ज्यान लिनमा मजा आउथ्यो । त्यतिमात्र नभई पोगेइलीले मरेका बिरामीहरूसँग सेल्फी पनि लिने गर्थिन् । अहिले उनीमाथि ३८ जनाको ज्यान लिएको आरोपमा मुद्दा चलिरहेको छ ।

४) हदासा पेरी

हदासा पेरी एक यस्ती नर्स हुन् जसले आफ्नो जीवनको २० वर्ष एक जना बिरामीकै सेवामा सुम्पिन । सन् १९९१ मा अमेरिकाको सबैभन्दा धनी महिला हुगेट्री क्लार्कले जीवनको २० वर्ष निकै गम्भीर रोगका कारण अस्पतालमा बास्नु पर्यो । हदसाले १९९१ मा क्लार्कको निजी नर्सको रूपमा काम गरिन् र आफ्नो २० वर्ष उनकै सेवामा बिताइन् । पछि पनि यी दुवैको बिच राम्रो सम्बन्ध रह्यो । क्लार्कले हदासाको काम, सेवा र व्यवहारप्रति खुशी भएर आफ्नो पुरै सम्पत्ती उनको नाममा गरिदिइन् । पिलिपिन्सकी सामान्य परिवारमा जन्मेकी हदासा अहिले २५अर्बकी मालकिनी बनिन् ।

५) फ्लोरेन्स रेग्नी

यिनी संसारकै सबैभन्दा बढी उमेरकी नर्स हुन् । हालै मात्र रेग्नीले ९०औं जन्मदिन मनाएकी छिन् । २० वर्षको उमेरमा नर्सिङ पेशामा लागेकी रेग्नीले एक पटक रिटायर भइसकेर पनि फेरि नर्सिङ सुरू गरेकी थिइन । रेग्नीलाई घर बस्नुभन्दा बिरामीको उपचार र सेवामा समय बिताउन मन पर्ने हुनाले फेरी कामलाई निरन्तरता दिएकी छिन् ।
 

(एजेन्सीको सहयोगमा) 

Last modified on 2019-05-15 09:03:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts