गंगा जलको औषधीय गुणका बारेमा भारत सरकारद्वारा अध्ययन पूरा 



Download our app to get more features

एजेन्सी,१० फागुन । भारतको केन्द्रिय सरकारले गंगा नदीको जलमा हुने औषधीय गुणका बारेमा अध्ययन पूरा भएको जनएको छ । योसँगै अब गंगा जलले स्वास्थ्यमा पार्ने असरका बारेमा अध्ययन गर्न बाँकी रहेको बताइएको छ ।

यसका लागि ४.९६ करोडको बजेट भारत सरकारले छुट्टाएको छ । सरकारले प्रत्येक वर्ष धार्मिक अवसरमा करोडौ मानिसले डुबुल्की लगाउँदा पनि किन मानिसहरुमा संक्रमण वा रोग लाग्दैन् भन्ने विषयमा पत्ता लगाउने बताइएको छ ।

विशेषज्ञहरुका अनुसार गंगा जलमा एक प्रकारको ब्याक्टेरिया पाइनेगर्दछ जसले सड्न वा गलाउनबाट बचाउने गर्दछ । यसकारण पनि यसको संरक्षण जरुरी रहेकोमा जोड दिइएको छ ।  भारतको जल संशाधन,नदी विकास तथा गंगा संरक्षण मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय पर्यावरण इन्जिनियर रिसर्च इन्सिच्युटले औषधीय गुणका बारेमा पत्ता लगाउने खालको स्टडी रिर्पोटको  जिम्मा केन्द्र सरकारलाई दिइएको छ । अधिकारीका अनुसार गंगा नदीमा औषधीय गुण हुन्छ जसका कारण यसलाई ब्रम्ह, द्रव्य भनिने गरिन्छ । यो गुणका कारण गंगा नदी अरु नदी भन्दा फरक रहने गर्दछ ।

पौराणिक मान्यतामात्र नभएर यसको वैज्ञानिक आधारमा नै पुष्टि भइसकेको विज्ञहरुको दाबी छ । जानकारहरुका अनुसार हिमालय क्षेत्र औषधिय जडिबुडीबाट भरिएको क्षेत्र हो ।  बरफ बग्लिएपछि ति औषधिहरु पानीसँगै गंगा नदिमा मिल्न पुग्दछन् । अध्ययनमा यो पनि पत्ता लगाउने कोशिस गरिने छ कि, गंगा नदीमामा औषधिय गुण प्रशस्तै छ या पहिलाको तुलनामा विस्तारै नष्ट समेत हुँदै गइरहेको छ । 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-02-22 11:53:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts