ज्यानमारा खर्बुजा : ३ को मृत्यु, १५ बिरामी



Download our app to get more features

बीबीसी,२१ फागुन । अष्ट्रेलियाको न्यू वेल्स राज्यमा मा स्थानीय जातको खर्बुजा खाँदा ३ जनाको ज्यान गएको छ भने १५ जना जेष्ठ नागरिक बिरामी परेका छन् ।

अधिकारीहरुका अनुसार उक्त तर्बुजामा ब्याक्टेरिया रहेका कारण मानिसको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् । सो राज्यमा गर्भवती,जेष्ठ नागरिक तथा बालबालिकाले उक्त खर्बुजा नखान सथानीय प्रशासनले चेतावनी दिइसकेको थियो । बिरामी रहेका १५ जनाले केन्टालूप नामको पहाडी क्षेत्रबाट ल्याइएको थियो ।

जनवरीबाट शुरु भएको यो रोग फैलिदै गएपछि अष्ट्रेलियाका सुपरमार्केटबाट खर्बुजा हटाइएको छ । ति प्रजातीका खर्बुजामा एक प्रकारका ज्यानमारा ब्याक्टेरिया हुने र मानिसको सम्पर्कमा आएपछि बिरामी पारी ज्यानै लिने गरेको बीबीसीले उल्लेख गरेको छ । 
 

Last modified on 2018-03-05 09:22:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts