मृत्यु भन्दा ठीक अगाडि मस्तिष्कले के सोचिरहेको हुन्छ होला ?



Download our app to get more features

बीबीसी,२८ फागनु । मृत्यु हुनै लाग्दाको समयमा मस्तिष्कमा के चलिरहेको हुन्छ होला ? यसबारेमा अहिलेसम्म पनि कसैले सटिक र चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनन् ।

यसविषयमा वैज्ञानिकहरुले धेरथोर जानकारी हासिल गरेका भएपनि यो पर्याप्त भने छैन् । हालै वैज्ञानिकहरुले गरेको एक अध्ययनमा केही घत लाग्दा जानकारी भेटिएको बीबीसीले लेखेको छ । बर्लिनस्थित चेरिट युर्निभरसिटी तथा ओहायोमा रहेको सिनसिनाटी युर्निभसिटीका वैज्ञानिकहरुले यस विषमा हालै एक अनुसन्धान गरेका छन् । 

उनीहरुले केही बिरामीका आफन्तजनसँग स्विकृती लिएर अनुसन्धान गरेका थिए ।  अध्ययनका क्रममा भीषण सडक दुर्घटनामा गम्भिर घाइते भएका तथा स्ट्रोक तथा कार्डिएक अरेष्ट भएका बिरामीहरुलाइ सहभागी गराइएको थियो । वैज्ञानिकका अनुसार पशु तथा मानिसको मस्तिष्कले मृत्यु हुनै लागेको समयमा एउटै तरिकाले काम गर्ने गर्दछ । अध्ययनको मुख्य उद्देश्य पनि मस्तिष्कले अन्तिम क्षणमा के सोचिरहेको हुन्छ होला भन्नेमा केन्द्रित थियो न कि मानिसलाई बचाउन सकिन्छ कि सकिदैन । 

मृत्यु हुनै लाग्दा यस्तो हुन्छ

  • शरीरमा रगतको प्रवाहमा कमी हुने गर्दछ जसको सोझो असर मस्तिष्कमा पर्ने गर्दछ । 
  • सेरेब्रल इस्किमया नामक यस स्थितीमा आवश्यक रासायकिन अवयवहरु कम हुने गर्दछन् जसका कारण दिमागमा हुने विद्युतिय क्रियाकलाप पूर्ण  रुपमा नष्ट हुने गर्दछ । 
  • त्यसपछि टिशु पुनः पहिलाकै अवस्थामा आउन असंभव हुन्छ र मृत्यु हुन्छ । 

मृत्यु हुनै लागेको मानिसको दिमागमा यस्तो भेटियो 
वैज्ञानिकहरुको टोलीले मानिसका सम्बन्धमा यो प्रक्रियालाई अझ गहिराइबाट बुझ्न चाहान्थे । यसका लागि उनीहरुले केही मानिसहरुको मस्तिष्कको न्यूरोलोजिकल गतिविधिको निगरानी पनि गरे । अध्ययनका क्रममा चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको थियो कि इलेक्ट्रोड स्ट्रिप्स आदीको प्रयोगबाट बिरामीलाई बेहोशीबाट बिउँताउने कोशिस नर्गनु तर त्यतिबेला मस्तिष्कले के सोचिरहेको हुन्छ वा कस्तो क्रियाकलाप गरिरहेको हुन्छ त्या मात्रै रेकर्ड गर्नू भनिएको थियो ।

अध्ययनका क्रममा वैज्ञानिकहरुले अन्तिम अवस्थामा पनि  दिमागका कोशिकाहरुले मृत्युलाई टार्न हरसंम्भव कोशिस गरिरहेका भेट्टाएका थिए । यतिसम्म की ति कोशिकाहरुले मुटुको धड्कन बन्द भइसकेको अवस्थामा पनि काम गरिरहेका थिए । 
सबै दिमागी क्रियाकलपाहरु मस्तिष्कका कोशिकाहरुलाई छोडेर अगल हुन पुग्दछन्, यो अवस्थामा एडेनोसीन ट्राइफस्टेकको आपूर्ति कमजोर हुन पुग्दछ र मृत्यु हुने गर्दछ । 


 

Last modified on 2018-03-13 13:30:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts