विमान दुर्घटनाको कारण देखाउँदै डा. केसीले स्थगित गरे अनशन



Download our app to get more features

काठमाडौं, २९ फागुन । शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले आजदेखि गर्ने भनिएको अनशन स्थगित गरेका छन् । 

सोमबार काठमाडौंमा भएको विमान दुर्घटनामा परी चिकित्सकलगायत अन्यको ज्यान गएको घटनाले मर्मा्हित तुल्याएको भन्दै अनशन स्थगित गरिएको डा. केसीद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ ।

उनले आफ्ना मागहरु पूरा नभएको खण्डमा आउँदो चैत ४ गतेदेखि पुनः अनशन शुरु गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

साथै, सर्वोच्च अदालतका न्यायधीशहरुले भ्रष्ट र विवादित प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा स्वागत गरिएको छ ।
 

Last modified on 2018-03-16 14:54:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts