हरेक वर्ष साढे पाँच करोडले गराउँछन् असुरक्षित गर्भपतन



Download our app to get more features

अमेरिकामा ५० वर्षदेखि स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययन अनुशन्धान गर्दै आएको गैरसरकारी संस्था गुटमेचर इन्स्टिच्युटका अनुसार हरेक वर्ष विश्वमा ५ दशमलब ६ करोड महिलाले असुरक्षित गर्भपतन गर्ने गर्छन । जसका कारण २२ हजार ८ सय महिलाले अकालमा ज्यान समेत गुमाइरहेका छन् । 
गर्भपतन रोक्न अनेक खालका कठोर कानुन बने पनि असुरक्षित गर्भपतन भने नघटेको सो संस्थाको भनाइ छ । कडा कानुनकै कारण अवाञ्छित गर्भ फाल्न महिलाले खतरनाक तरिका समेत अपनाउने गरेको सो संस्थाको दावी छ । 

बढ्दैछ अवाञ्छित गर्भको मामिला 
हर्ट केअर फाउन्डेशन अफ इन्डिया (एचसीएफआइ) का अध्यक्ष डा. के. के. अग्रवालका अनुसार असुरक्षित गर्भपतन उच्च गतिमा बढ्नुको प्रमुख कारण मध्ये एक हो गुणस्तरीय गर्भनिरोधक औषधि सहजै नपाउनु । 
हुन त कतिपय महिलाले गर्भनिरोध औषधि सही तरिकाले प्रयोग गर्न नसक्दा वा नजान्दा पनि समस्या भइरहेको डा. अग्रवालको भनाइ छ । उनले भने, ‘महिलालाई गर्भनिरोध चक्की प्रयोग गर्ने सही तरिकाबारे जानकारी दिनुपर्छ । ताकी उनीहरूले आफ्नो स्वास्थ्य राम्रो देखभाल गर्न सकुन ।’

गर्भपतन बारे जागरुकता आवश्यक
मेडिकल टर्मिनेसन अफ प्रेग्नेंसी ऐक्ट (१९७१) का अनुसार आमा वा शिशुको ज्यानको खतरा भयो भने कुनै पनि रजिस्टर्ड मेडिकल प्राक्टिसनरले १२ साता सम्मको गर्भ फाल्न सक्छन् वा दुई जना अनुमति प्राप्त चिकित्साको परामर्शमा २० साता सम्मको गर्भ फाल्न सक्छन् । डा. अग्रवालका अनुसार गर्भनिरोधक र गर्भपतनका बारेमा शिक्षा र जागरुकताको आवश्यता छ । सुरक्षित गर्भपतनलाई  वास्तविकताको नजरले हेर्ने हो भने र देशभरमा यसको सुविधा उपलब्ध हँुदाको अवस्थाबारे आकलन गर्नु आवश्यक छ । साथै यो सुनिश्चित गर्नु पनि महत्वपूर्ण छ कि समाजका सबै स्तरका महिलालाई गर्भपतनको सुरक्षित तरिकाबारे जानकारी होस् । 

असुरक्षित गर्भपतनले स्वास्थ्यलाई खतरा 
गर्भपतन शल्यक्रियाको माध्यमले गराउन सकिन्छ । साथै चक्कीको प्रयोगले पनि चिकित्सकीय पद्धतीबाट गर्भपतन गर्न सकिन्छ । चिन्ताको विषय के हो भने जुन पद्धतिमा चक्कीको सेवन हुन्छ वा योनी मार्गमा राख्ने गरिन्छ त्यो निकै नै खतरनाक हुन सक्छ । सुरक्षित गर्भपतनका लागि जनस्वास्थ्य सेवा केन्द्रमा दिइने सेवा सुविधालाई सुधार्नु पर्ने आवश्यकत्ता छ । जबकि जागरूकता कार्यक्रमले महिलामा औषधिको गलत उपयोग गर्नबाट रोक्न सकिन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-03-29 18:28:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts