डा. केसी बिरामीलाई उपचार दिन डोल्पाको घरघरमा


Download our app to get more features
Spark_health_home Birat Hospital

दुनै (डोल्पा), १७ चैत । डा. गोविन्द केसी बिरामीलाई स्वास्थ्य उपचार दिनका लागि डोल्पाको घरघरमा पुगेका छन् ।

स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डा.केसी डोल्पाको माथिल्लो धो तराप पुगेका छन् । स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आएको डा. केसीले बताए । 

vayoda

bp_ad

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताए । 

करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुगेका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ । 

स्वास्थ्य क्षेत्रका सामान्य कर्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताए ।

रासस

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts