समय व्यवस्थापन तथा हाम्रो स्वास्थ्य


Download our app to get more features
Spark_health_home Birat Hospital

काठमाडौं,२४ चैत्र । मानव जीवनमा समयको धेरै महत्व हुन्छ ।

उचित समयमै सम्पादन गरेको कार्य तथा लिइएको निर्यणले उद्देश्य प्राप्ति सहज हुन्छ । समय फर्केर आउदैन र यो दुर्लभ श्रोत पनि हो । यसको भरपुर सदुपयोग गर्नुपर्दछ । यसको उचित व्यवस्थापनले थोरै तथा निश्चित समयमा बढि उपलब्धी प्राप्त गर्न सकिन्छ । कुशल व्यवस्थापकहरुले उनीहरुको दश प्रतिशत समयमा नब्बे प्रतिशत नतिजा प्राप्त गर्न सक्छन् । समयनै धन हो तथा हाम्रो स्वास्थ्य पनि हो ।  

vayoda

bp_ad

व्यस्त दैनिकिमा समयको उचित व्यवस्थापन हुन नसक्दा स्वास्थ्यमा पनि नकारात्मक असर पर्दछ, जसलाई समयको तनाव अथवा Time Stress भनिन्छ । हरेक पेशामा जति जिम्मेवारी बढ्दै जान्छ, समयको तनाव उतिनै बढ्न सक्छ । निश्चित अवधिमा कहि पुगिसक्नु पर्ने, केहि काम गरिसक्नु पर्ने, कसैलाई भेटिसक्नु पर्ने जस्ता अवस्थाहरु हाम्रो जीवनका पलपलमा जोडिएका हुन्छन् । नियमित काम तोकिएको समयमा गर्न नसक्दा तथा कामको भार बढि हुँदा समयको दबाव महसुस हुन्छ । कायालय ढिलो पुग्ने, समयमै तोकेको काम पूरा गर्न नसक्ने, योजनावद्ध तरिकाले काम नगर्ने, समयको महत्व नबुझ्नाले कार्य क्षमतामा त कमि आउछ नै अनि यसले गर्दा रोजगारदाता तथा अन्य सहकर्मीहरुसँगको सम्बन्ध बिग्रीने तथा थप दवाव महसुस हुन सक्दछ । 

स्वतस्र्फूत काम नभएपछि आफूभन्दा माथिको निकायले ताकेता गरिरहनु पर्दा तनाव झन् बढ्दछ ।  केहि अगाडि कान्तिपुर दैनिकमा “लखतरान डाक्टर” शिर्षकमा नेपालमा डाक्टरहरुको व्यस्त दैनिकी सम्बन्धी आलेख पढ्न पाइयो । यहि किसिमको व्यस्तता र बढि कामको तनाव अन्य पेशा तथा व्यवस्थापन तहमा कार्यगर्ने सबैमा लागु हुन सक्छ । 

जब बढी समयको तनाव तथा दवाव पैदा हुन्छ  त्यसले शारीरिक तथा मानसिक रुपमा रोगी बनाउछ । शरीरमा एड्नलिन तथा कर्टिसोेल जस्ता हार्मोनहरुको उत्पादन बढी हुन्छ । मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, रगतमा ग्लुकोजको मात्रा बढ्ने,  लगायत दिर्घकालिन तनावले गर्दा चुरोट रक्सी तथा लागु पदार्थको कुलतमा फस्ने सम्भावना उत्तिकै हुन्छ । साथैे व्यस्तताको कारणले शारीरिक व्यायम नगर्ने रकम गर्ने,  राम्ररी ननिदाउने जस्ता अवस्थाहरुले मुटु तथा अन्य रोगको जोखिम बढेर जान्छ ।

तनावले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हृदयघात, पक्षघातको सम्भावना समेत बढाउँछ । अत्याधिक तनावका अन्य लक्षणहरुमा चक्कर लाग्ने, हात काम्ने, पसिना बढि आउने, टाउको दुख्ने, शरीर कमजोर तथा शिथिल हुने, रिस उठ्ने, क्रोधित हुने, चिन्ता बढि गर्ने, समयमा निर्णय गर्न नसक्ने, कुराहरु बिर्सिने, हिनताबोध हुने आदि हुन् ।  तनावले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हृदयघात, पक्षघातको सम्भावना समेत बढाउँछ । अत्याधिक तनावका अन्य लक्षणहरुमा चक्कर लाग्ने, हात काम्ने, पसिना बढि आउने, टाउको दुख्ने, शरीर कमजोर तथा शिथिल हुने, रिस उठ्ने, क्रोधित हुने, चिन्ता बढि गर्ने, समयमा निर्णय गर्न नसक्ने, कुराहरु बिर्सिने, हिनताबोध हुने आदि हुन् ।  

समय व्यवस्थापन गर्ने तरिकाहरु  

  • आफ्ना रुचि तथा क्षमता अनुसारको काम वा पेशा गर्ने ।  
  • नसक्ने र अनावश्यक काममा नभुल्ने ।  
  • काममा निश्चित उद्देश्यहरु समावेश गर्ने, असिमित, अनियन्त्रित तरिकाले काम नगर्ने । 
  • काममा प्राथमिकता निर्धारण गर्ने । 
  • कुन काम कहिले तथा त्यसका लागि कति समय चाहिने हो पहिले नै यकिन गर्ने ।  
  • हरेक दिनको कामको कार्ययोजना बनाउने तथा सुचिकृत गर्ने र भए नभएको पुनरावलोकन गर्ने । 
  • समय खेर जान नदिनका लागि पूर्व तयारीहरु गर्ने तथा सावधानीहरु अपनाउने । जस्तैः तयारी बिनाका वैठकहरु राख्ने वा भाग लिने , जरुरी नभएका टेलिफोन कल उठाउने र लामो कुरा गर्ने, सरोकार नभएका व्यक्तिहरुलाई भेट्ने आदि । 
  •  घर तथा कार्यलयमा उचित तरिकाले कार्य विभाजन गर्ने तथा सहयोगिहरुलाई चुस्त तरिकाले परिचालन गर्ने ।  
  • आधुनिक सुचना प्रविधिको बढी प्रयोग गर्ने । 
  • सभ्भव भए सम्म कार्यालयको काम घरमा नलग्ने । 
  • हरेक दिन आराम गर्ने, व्यायाम गर्ने तथा हप्ताको केहि दिन मनोरञ्जनको लागि समय निकाल्ने ।  
  • सुत्ने तथा उठ्ने नियमित समय बनाउने । 
  • शयन कोठामा टि भि, कम्प्युटर आदि नराख्ने ताकि अन्य कामले गर्दा निन्द्रा कम नहोस् । 
  • सुत्न गइसकेपछि स्मार्ट फोन वा अन्य ग्याजेटहरु पनि नचलाउने ।  

हामी घण्टौं गफ गरेर बस्न सक्छौं, लामो समयसम्म टि.भि. हेर्न सक्छौं, तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा लामो समय भुल्न सक्छौं तर सडकमा मोटरसाइकल वा गाडि चलाउदा तिब्र गतिमा, लेन अनुशासन पालना नगरी गलत तरिकाले ओभरटेक गर्दै जेब्रा क्रसिङमा बाटो काट्ने उभिएका पैदल यात्रुहरुलाई बाटो काट्न नदिई हुइकन खोज्छौं मानौं कि केहि मिनेटमा नै नपुगेमा सबै सत्यनाश हुन्छ । 

यसका साथै कुन कामलाई कति समय दिने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । जसको उदाहरण हामी हाम्रो सडकमा देख्न सक्छौं । हामी घण्टौं गफ गरेर बस्न सक्छौं, लामो समयसम्म टि.भि. हेर्न सक्छौं, तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा लामो समय भुल्न सक्छौं तर सडकमा मोटरसाइकल वा गाडि चलाउदा तिब्र गतिमा, लेन अनुशासन पालना नगरी गलत तरिकाले ओभरटेक गर्दै जेब्रा क्रसिङमा बाटो काट्ने उभिएका पैदल यात्रुहरुलाई बाटो काट्न नदिई हुइकन खोज्छौं मानौं कि केहि मिनेटमा नै नपुगेमा सबै सत्यनाश हुन्छ ।

त्यस्तै पैदल यात्रा गरी बाटो काट्दा नजिकै आएको सवारी साधनको गति ख्याल नगरी आफ्नै हातमा ब्रेक भए जसरी हात हल्लाउदैं सडकको पारी पुग्न हतारिन्छौं । यसो गर्दा आफूलाई मात्र नभई सडकमा अरुलाई समेत तनाव हुन्छ एवम् दुर्घटना हुन सक्छ । हरेक दिनको कुरा हुनाले सवारी तथा यात्राको लागि यथेष्ट समय छुट्टाएर हिड्नु पर्दछ ।  

तसर्थ हाम्रा दैनिक जिवनमा यिनै साना साना कुराहरुलाई व्यवहारमा उर्तान सकियो भने तनाव रहित स्वस्थ जिवन बिताउनका लागि केहि सहयोग हुनसक्दछ ।   

[email protected]
 

Last modified on 2018-07-09 14:26:39

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts