अनिन्द्रा किन हुन्छ, यसबाट कसरी बच्ने ?



Download our app to get more features

एउटा मानिसलाई कति निद्राको आवश्यकता पर्दछ भन्ने बारे जानकारी हुनु अत्यावश्यक छ । कसैलाई ८, ९ घण्टासम्म निद्राको आवश्यकता पर्छ भने कसैलाई ४, ५ घण्टा मै निन्द्रा पुगेको अनुभव हुन्छ ।

सामान्य रुपमा अनिन्द्रा भन्नाले बेलुका सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परे पनि रातिमा निन्द्रा खुल्नु र फेरि सुत्न नसक्नु तथा बिहान अति नै चाडो निन्द्रा खुल्नु भन्ने बुझिन्छ । अनिन्द्रा को समस्या ३० देखि ३५ वर्षका बयस्कहरुमा र त्यो भन्दा माथिको उमेर समुहमा अझ धेरै भएको मानिन्छ ।

राति निदाउन कठिनाई भएको अवस्था, निदाइसकेपछि बीच बीचमा निन्द्रा टुट्ने र बिहान धेरै चाडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थाहरु मध्ये एक या बढी अवस्थाहरुलाई अनिन्द्रा भनिन्छ ।

अनिन्द्राका कारणहरु :
१.
एक्कासी आइपरेको तनाव 
२. क्षणिक उत्तेजित अवस्था 
३. डर  
४. डिप्रेसन 
५. आत्तिने रोग 
६. अन्य मानसिक रोगहरु

यसबाट बच्ने उपायहरु :
१.
बिहानको समयमा उठ्ने बानी बसाल्ने । 
२. ओछ्यानमा बिताउने समय बृद्घि नगर्ने । 
३. ओछ्यान सुत्नका लागि मात्र प्रयोग गर्ने  तथा आरामदायि पारेर राख्ने । 
४. कहिलेकाँहि ओछ्यान परिवर्तन गर्नु पनि लाभदायक हुन्छ । 
५. कफि, चुरोट र रक्सीको सेवन नगर्नु राम्रो हुन्छ । 
६. दैनिक शारिरीक व्यायम गर्ने । 
७. बेलुका दिमागलाई उत्तेजित पार्ने क्रियाकलापमा नियन्त्रण गर्ने जस्तै राति टीभी हेर्नेको सट्टा रेडियो सुन्ने । 
. मधुर संगीत, ध्यानको प्रयोग गर्ने । 
९. राति सुन्नु अघि शरिरको तापक्रम बढाउने हिसाबले मनतातो पानिमा १५ देखि २० मिनेटसम्म नुहाउने । 
१०. खाना नियमित समयमा खाने तथा सुत्नु अघि धेरै नखाने । 
११. अनिद्रा धेरै लम्बिएको छ या दिनचर्या फरक भएको छ भन्ने शारिरीक समस्या अनुभव भएको छैन भने चाँहि मासिक स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकमीलाई सम्र्पक गर्दा राम्रो हुन्छ ।
 

Last modified on 2019-03-04 11:38:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts