डा. देवकोटाको अवस्था झन गम्भीर  



Download our app to get more features

काठमाडौं, २३ जेठ ।  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । गत पुसमा लण्डन स्थित किंग्स कलेज हस्पिटलमा भर्ना भएका थिए । लामो समयको उपचार पछि पनि स्वास्थ्य अवस्था ठीक नभएपछि उनि बाँकी जीवन स्वदेशमै बिताउने उदेश्यले नेपाल फर्केका थिए । 

देवकोटाको गत बैशाखदेखि बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतको भनाई छ । उनका सहयोगीका अनुसार देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । 

उनका सहयोगीले भने, डा. देवकोटाको स्वास्थ्य अवस्था यति बेला झन बिग्रदो छ । अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । सुधार होला भन्ने थियो सोचेको जस्तो भएन । बेलायतमा डाक्टरले के भनेर स्वदेश पठाए देवकोटाले त्यो कुरा समेत खुलाएका छैनन । 
 

Last modified on 2018-06-06 22:17:10

1 Comments

  1. बिष्णु अधिकरीon Wed, Jun 06 2018 10:25 AM

    डा साबलाई शुस्वाथ्य तथा राेग बाट छिटाे मुक्त हुनुहाेस् भनी ईस्वर सग कामना गर्दछु।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts