डा.देवकोटालाई जन्मघर गोरखा लगिँदै



Download our app to get more features

काठमाडौं, २६ जेठ । लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनको जन्म घर गोरखा पालुङटार लैजाने तयारी गरिँदैछ । 

डा.देवकोटाले जन्मथलो जाने रहर बताएपछि उनलाई अहिले केहिबेरमा हेलिकप्टरबाट गोरखा लगिने तयारी भइरहेको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए ।

डा.देवकोटालाई गोरखा लैजानका लागि नेपाली सेनाको हेलिकप्टर अस्पताल पुर्याइएकाे छ । डा. देवकोटा झन्डै ३ महिनादेखि काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत छन् ।

डा. देवकाेटाकाे स्वास्थ्यलाभकाे कामना गर्न अस्पताल परिसरमा अाफन्त एवं शुभचिन्तक

Last modified on 2018-06-10 06:02:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts