स्व. देवकोटाको सम्झनामा श्रद्धाञ्जली सभा



Download our app to get more features

काठमाण्डौं ८ असार । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको चौथो दिन नेपाल मेडिकल केलज जोरपाटीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

एशियाकै चर्चित डाक्टर देवकोटाको गत सोमबार क्यान्सरका कारण मृत्यु भएपछि उनको सम्झनामा कलेजले श्रद्धान्जली सभाको आयोजना गरेको हो । 
हिजो साँझ कलेजमा आयोजना गरिएको सभामा चिकित्सकहरुले देवकोटाले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्मान गरेका छन् ।

चिकित्सा सेवामा रहेर ३० हजार बढि बिरामीको स्वास्थ्य उपचार गरेका डा. देवकोटाको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठुलो धक्का लागेको छ कलेजका अध्यक्ष डा भोला रिजालले भने । नेपाली जनतामा पुर्याएको स्वास्थ्य सेवाको उच्च मुल्याङकन गर्दै रिजालले उहाँको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । डा. देवकोटा एसियाकै चर्चित न्युरो सर्जनमा चिनिन्छन । उहाले देखाएको बाटोलाई आत्मसाथ गर्दै अगाडी जान आवश्यक रहेको चिकित्सकहरुले बताए छन् ।

चिकित्सकहरुले भनेका छन्, नेपाल र नेपाली जनताले देवकोटा जस्तो चिकित्सक गुमाउनु दुखद पक्ष हो । देवकोटाको संझनामा चिकित्सकहरुले एक मिनेट मौन धारण गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts