समायोजनमा असन्तुष्ट स्वास्थ्यकर्मीको गुनासो पन्ध्र दिनभित्र सुनुवाई हुने स्वास्थ्य मन्त्रालयको दावी



Download our app to get more features

काठमाडौं, २५ वैशाख । कर्मचारी समायोजनले पारेको समस्याको गुनासो दर्ता गराएका स्वास्थ्यका कर्मचारीहरुले न्याय पाउने स्वास्थ्य मन्त्रालयले दावी गरेको छ । आउँदो दुई हप्ताभित्र सरकारले सबैलाई न्यायोचित हुनेगरी समस्याको समाधान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य सेवाका करिव १३ हजार कर्मचारीले गुनासो दर्ता गराएका छन् । समायोजन प्रक्रियामा त्रुटि देखिएपछि सरकारले स्वास्थ्यका कर्मचारीलाई आफ्ना समस्या सहित गुनासो दर्ता गराउन भनेको थियो ।

यसरी समायोजन प्रक्रिमा गुनासो दर्ता गराउने काम सकिए लगत्तै सरकारले गुनासो संकलन गर्न थालेको थियो । अहिले गुनासोको अभिलेख राख्ने काम पनि सम्पन्न भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार अबको दुई हप्ता भित्र गुनासो दर्ता गराउने कर्मचारीले न्याय पाउनेछन् । उनले भने काम धमाधम भइरहेको छ , अबको दुई हप्ता भित्र सबैलाई कसरी सुविधा पुग्छ भन्ने कुराको अध्ययन गरी कर्मचारीलाई न्याय प्रदान दिने तयारी भइरहेको छ ।

स्वास्थ्यका २७ हजार तीन सय दुई जना कर्मचारीको समायोजन सूचि सरकारले सार्वजनिक गरेको थियो । समायोजन भएका कर्मचारीमध्ये झन्डै आधि कर्मचारीले गुनासो दर्ता गराएका हुन् । सबै विबरणको अध्ययन गरी समस्याको समधान गर्न १४ जनाको टिम खटीरहेको पनि श्रेष्ठले जानकारी दिए । जसमा सामान्य प्रशासनका ९ जना र स्वास्थ्यका ५ जना रहेको छन् ।

फाजिल पर्ने, घर पायक नभएको साथै रोजेको ठाँउमा नपरेको र समायोजन प्रति राम्रो जानकारी नपाउँदा समायोजन फारम भर्न छुटेको जस्तो गुनासोहरु दर्ता भएका छन् ।

Last modified on 2019-05-09 12:08:48

1 Comments

  1. ध्रुव प्रसाद लामिछाने on Wed, May 08 2019 07:57 PM

    हामी स्वास्थ्य सेवाका कर्मचारीहरुको कुनै तयारी नै नगरी हचुवाको भरमस पो समायोजन भयो भनेको प्रमाणित भयो त।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts