गर्भावस्थाको समयमा मुख मैथुन गर्नु कति सुरक्षित ? जानौ...



Download our app to get more features

आमा बुबा बन्ने कतिपय कपल्स जब यौनसम्बन्ध बनाउन पाउँदैनन् अनि उनीहरु मुख मैथुन अर्थात् ओरल सेक्सको सहारा लिने गर्छन् । तर, गर्भावस्थामा मुख मैथुन गर्नु खतरनाक हुन सक्छ । विज्ञहरुका अनुसार जो महिला गर्भवति छन् उनलाई यो जान्नु निकै जरुरी छ कि यो अवस्थामा मुख मैथुन गर्नाले नोक्सान हुन सक्छ । 

गर्भावस्थाको समय यौनसम्बन्ध राख्नु सुरक्षित हुन्छ । पेट ठूलो हुँदै जानाले यौनसम्बन्धको पोजिशन परिवर्तन गर्न अप्ठ्यारो हुन्छ । तर, गर्भावस्थाको समयमा पनि केहि यस्था  परिस्थिति हुन्छन् जसमा कपल्सहरु शारीरिक सम्बन्ध गर्न पाउँदैनन् । जसको विकल्पमा उनीहरु मुख मैथुन र अन्य उपाय अपनाउन थाल्छन् ।

उसो भए के गर्भावस्थाको समय मुख मैथुन गर्नु सुरक्षित छ ? यस विषयमा येल यूनिभर्सिटी स्कूल अफ मेडिसिन स्थित डिपार्टमेन्ट अफ अब्सटेट्रिक्स, गाइनोकोलोजी एन्ड रिप्रोडक्टिभ साइसेन्सेजका एक्सपर्टका अनुसार मुख मैथुनको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ । जुन गर्भमा रहेको भ्रुण र आमाका लागि पनि सुरक्षित हुन्छ । 

उसो त गर्भावस्थामा यौन सम्बन्ध राख्नाले त्यसको केही नोक्सानहरु पनि छन् । जस्तै की लामो समयसम्म खुट्टा फैलाउँदा दवाव पर्छ जसको कारणले दुखाई हुन सक्छ । जसको कारणले श्वास लिनमा पनि समस्या हुन सक्छ । 

यदि पुरुष साथीले महिला साथीको गोप्य अंगमा एयर ब्लो गर्छ भने यसले गर्भवति महिलालाई समस्या हुन सक्छ । किनकी महिलाको गोप्य अंगमा रहेको रक्त कोषहरु पहिलेदेखि नै फैलिएको हुन्छ । यस्तोमा बजाइनामा एयर ब्लो गर्नाले एयर एम्बोलिजम हुन सक्छ । जसले रक्त कोषहरु ब्लक हुन सक्छ र कार्डियोभास्कुलर सिस्टममा नराम्रो प्रभाव पर्न सक्छ । यस्तोमा कतिपय अवस्थामा महिलाको मृत्यु समेत हुन सक्छ । 

त्यस बाहेक यसले एयर बबल प्लेसेन्टामा पुग्न सक्छ र भ्रुणको विकासमा नराम्रो प्रभाव पार्न सक्छ । उसो त एयर एम्बोलिजम नगन्य मात्रामा मात्रै देखिने गरेको छ । गर्भावस्थाको समय मुख मैथुनलाई लिएर अर्को डर एचआईभी, गनोरिया र क्लेमाइडि।या जस्तो संक्रमणको पनि हुन्छ । हार्पीसको भाइरस यस्तो अवस्थामा सजिलै भ्रुणमा जान सक्छ जसले बच्चाको मानसिक विकासमा नराम्रो असर पर्न सक्छ । त्यस बाहेक बच्चाको मस्तिष्कमा क्षति पुग्न सक्छ र बच्चाको मृत्यु पनि हुन सक्छ । 
 

Last modified on 2019-07-27 14:00:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts