महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको बलियो जगः उप मेयर चौधरी



Download our app to get more features

रुपन्देही, २० मंसिर । ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस तिलोत्तमा नगरपालिकाको सेमराबजार स्वास्थ्य चौकीमा पनि मनाइएको छ ।

समुदायको बिचमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम् रहेको बताउदैे स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका छन् । 

कार्यक्रममा बोल्दै  तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको बताईन् । घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्, समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् र सानातिना रोगहरुको उपचार विधि बताउँछन् । यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा हुन् ।

चौधरीले स्वयंसेविकालाई राज्यले राम्रोसँग परिचालन गर्न सके मातृशिशु र बाल स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिने बताईन । विना पारिश्रमिक स्वास्थ्य सुधारमा लागेका स्वयंसेविका हरेक स्थानीय तहको अभिन्न अंग भएकोे बताईन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद शर्मा विना पारिश्रमिक निस्वार्थ रुपमा स्वयंसेविकाले सेवा गरेको भन्दै प्रशंसा गरे । उनले नगर मात्रै नभई सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान 
गरेको बताए ।  तिलोत्तमा पालिक नगरस्वास्थ्य शाखा संयोजक मोती प्रसाद पौडेलले बोल्दै स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

वडा अध्यक्ष ब्याशमुनि थारुको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सेमराबजार हेल्थपोष्टका हेअ केशब पराजुली, महिला स्वास्थ्य स्वयमसेबिका छमकुमारी छन्तेल, ब्यबस्थापन समितिका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतले बोल्दै उनीहरुको भुमिका महत्वपुर्ण भएको बताए । सेमराबजार स्वास्थ्य चौकीका ईन्र्चाज जनस्वास्थ्य निरीक्षक कमल प्रसाद पान्डेको  संञ्चालनमा कार्यक्रम भएको थियो। कार्यक्रममा ३ जना महिला स्वास्थ्य स्वयसेबिकालाई पुरस्कृत गरिएको थियो ।

यसै गरि सिद्धार्थनगर गरपालिकाले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको जनाए । 

कार्यक्रममा नगर उपप्रमुख उमा काफ्लेले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको औल्याइन् ।स्वयंसेविकालाई राम्रो सेवासुविधा उपलब्ध गराउन सके स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन सकिने बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान गरेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले अहिले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने जनाए । उनले क्षमता अभिबृद्धिका काममा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने जनाए । स्वास्थ्य स्वयंसेविका सिद्धार्थनगर प्रमुख लक्ष्मी पाण्डेले स्वास्थ्य क्षेत्रमा आफूहरुले महत्वपूर्ण योगदान गरे पनि माथिल्लो निकायबाट आफूहरुका समस्या समाधानमा बेवास्ता गरिएको बताईन् ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरभित्र स्वयंसेविकाको रुपमा काम गर्ने एक सय जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान समते गरिएको थियो ।नगरपालिका नर्सिङ निरीक्षक गीतादेवी न्यौपानेको संचालनमा कार्यक्रम भएको थियो । रुपन्देही अरु गाउँपालिका नगरपालिकाम पनि स्वास्थ्य स्वयंसेविका दिबस मनाईएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts