सेती अस्पतालका लागि खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो



Download our app to get more features

कैलाली, २० मंसिर । सेती प्रादेशिक अस्पतालका लागि खरिद गरिएको अक्सिजन प्लान्ट थन्किएको छ ।

प्रदेशको सामाजिका विकास मन्त्रलायको एक करोड ७४ लाख बजेटमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको हो । सुरुमा महिनौ सम्म आपुर्तीकर्ताले अन्यत्रै थन्काएको अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात् अक्सिजन जेनेरेटर प्लान्ट अहिले सेती प्रादेशिक अस्पतालमा थन्काईएको छ ।  

टेण्डर कमिसनको चलखेलमा धनगढीको डिबी मेडिसिनलाई दिन खोजिएको भन्दै सुरुदेखि नै खरिद प्रक्रिया विवादित बनेकोमा अहिले उपकरण खरिद गरेको महिनौ भईसक्दा समेत सञ्चालनका लागि कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

अस्पतालले उपकरण एउटा कोठामा राखिएको बताएको छ भने आपुर्तीकर्ताले भने जडान भईसकेको दावी गरेको छ । धनगढी आएका आपुर्तीकर्ताका ईन्जिनियर सुशिल कुमार सिंहले अक्सिजन प्लान्ट जडान भईसकेको बताए ।

यता अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने उपकरण एउटा कोठामा मात्रै राखिएको बताए । अहिले अक्सिजन प्लान्ट सञ्चालनका लागि मन्त्रालयसंग कुनै समन्वय हुन सकेको छैन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जडानका क्रममा भोल्टेजको समस्या देखिएको बताउदै छिट्टै जडान गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताए ।

अक्सिजन प्लान्ट खरिदको प्रक्रिया गत आर्थिक बर्षदेखि नै सुरु भएपनि खरिदका क्रममा चाहेको आपुर्तीकर्तालाई दिने चलखेल भएको भन्दै सर्बोच्चमा उजुरी परेको थियो । सर्वोच्चको मुद्धा किनारा नलागेपनि उपकरण खरिद गर्दै लामो समयदेखि थन्काईएको हो । सेती अस्पतालले अक्सिजन प्लान्ट नहुँदा सिलिण्डर खरिदमै वर्षेनी ५० देखि ६० लाख खर्च गर्दै आएको छ । अस्पतालमा गम्भीर प्रकृतिका विरामीको चाप अत्यधिक भएका बेला एक दिनमै २५ देखि ३० हजार सम्मको अक्सिजन आवश्यक पर्ने गरेको छ ।

Last modified on 2019-12-08 06:15:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts