नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २२ चैत । नेपालमा एकैपटक तीन जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेवसाइटमा उल्लेख गरिएको छ ।

कोरोना पुष्टि भएकामा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) रहेका छन् । 

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ । कैलालीको धनगढीमा दुबईबाट फर्किएका पुरूषबाट उनकी ३४ वर्षीया  भाउजुमा पनि कोरोना भाइरस पुष्टि भएको छ । 

शनिवार भाइजुमा पनि कोरोना भेटिएपछी पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन् ।

Last modified on 2020-04-04 14:42:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts